ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलाम– २ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न दिइदै


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   ११ : ३५   बजे

काठमाडौं २७ चैत । आगामी वैशाख १५ गते हुने इलाम–२ को उप–निर्वाचनका मङ्गलबार उम्मेदवारहरुलाई चुनाव चिह्न दिइदै छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय राखिएको छ ।

यस्तै, १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ । आजै ३ देखि ४ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाइएको छ । उप–निर्वाचनका लागि १२ दल र आठ स्वतन्त्र गरी २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कार्यतालिकाअनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचारअवधि रहेको छ । वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ । मतदानका दिन राति १० बजेसम्म सबै मत पेटिका सदरमुकाम ल्याइसक्ने र १५ गते राति देखिनै मत गणना सुरु गरिने लक्ष्य राखिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनु भयो ।

‘‘निर्वाचन क्षेत्र दुर्गममा पनि रहेकाले दुर्गम क्षेत्रका मतपेटिकालाई एउटा केन्द्र तोकेर सबै एकै ठाउँमा संकलन गर्ने र एउटै गाडीमा ल्याउने योजना बनाउँदै छौं ।’’ मुख्य निर्वाचन अधिकृत घिमिरेले भन्नुभयो, ‘‘त्यसो गर्दा सबै तिरका मतपेटिका समयमै ल्याउन सकिने रहेछ ।’’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा मतगणना स्थल तय गरिएको जनाएको छ । मतगणनामा कुनै पनि विवाद आउन नदिन, मतगणना स्थलको सुरक्षा, त्यहाँ भित्र तारबार, सीसी क्यामेराको व्यवस्था सबै गरिने घिमिरेले बताउनु भयो । इलाम– २ मा ७९ वटा मतदान स्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu