ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा तस्करी गर्न लागिएको १ करोड डलरको सुन हङकङमा बरामद


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   १ : ५३   बजे

काठमाडौं २७ चैत । हङकङका सरकारी अधिकारीहरुले १ करोड अमेरिकी डलरबराबरको सुन बरामद गरेका छन्। जहाजबाट जापान लैजान लागिएको सुन बरामद गरिएको हो।

सोमबार सरकारले एक वक्तव्य जारी गर्दै १ सय ४६ किलो सुन पार्क गरिएको जहाजमा कार्गो गरिएका एयर कम्प्रेसरमा लुकाइराखिएको अवस्थामा बरामद गरिएको जनाएको छ।

सरकारी अधिकारीहरुले यसको तस्बिर समेत सार्वजनिक गरेका छन्। तस्करी गरिएको सुन स्क्रु र सिलिन्डरको आकारमा लुकाइएको थियो।

अर्कै रंगको बनाइएका ती सामान कोतर्दा त्यसमा सुन रहेको फेला परेको बताइएको छ।

गत मार्च २७ मा अवैध सुन मेसिन परीक्षणको क्रममा हङकङ भन्सार अधिकारीले पत्ता लगाएका थिए। त्यसपछि गरिएको अनुसन्धानमा ३ वर्षीय व्यक्तिलाई बुधबार पक्राउ गरिएको थियो।

उनी धरौटीमा छुटिसकेका छन् तर अनुसन्धान भने जारी छ।

हङकङको कानुनअनुसार कार्गो तस्करीमा दोषी व्यक्तिलाई अधिकतम २० लाख डलर र सात वर्ष जेल सजाय हुनसक्छ।

एक भन्सार अधिकारीका अनुसार मेसिनरी पुर्जामा सुन भेटाइएको यो नै पहिलो हो।

जापानमा १० प्रतिशतजति आयात शुल्क छल्न उक्त सुन तस्करी गर्न लागिएको ती अधिकारीको भनाइ छ। त्यसबाट तस्करको १० लाख डलर बचत हुन सक्थ्यो।

हङकङ विश्वकै ठूलो सुन कारोबार हुने सहर हो। गत फेब्रुअरीमा पनि सुन तस्करी गर्ने क्रममा एक जना पक्राउ परेका थिए। यसअघि पनि हङकङमा तस्करीको अवैध सुन बरामद गरिएको थियो।

सन् २०२४ मा सुनको मूल्यले एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ। सीएनबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu