ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा- २०४७ देखिको छानबिन गर्ने उच्चस्तरीय समिति बनाऔं


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   २ : ५९   बजे

काठमाडौं २७ चैत । नेपाली कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको मागबाट पछि नहटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले काउन्टर माग अघि सारेको छ ।

मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०को संसदीय दलको बैठकले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको गठन गर्नुपर्ने माग गरेको हो ।

२०४७ यताका उच्च पदस्थ पदमा बसेका सबै व्यक्तिमाथि छानबिन हुने गरी उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने रास्वपा सांसद हरि ढकालले बताए ।

बैठकले प्रमुख प्रतिपक्ष दल कांग्रेसले विना आधार संसदीय छानबिन समितिको माग गरेको निष्कर्ष निकालेको उनले बताए । ‘आधार विना हल्लाको भरमा यस गरिमामय सदनमा संसदीय छानबिन समितिको माग गर्नाले संसदीय व्यवस्थाको नै उपहास भएको छ,’ बैठकको निर्णयमा भनिएको छ ।

हल्लाकै आधारमा संसदीय छानबिन समिति गठन गर्नु न्यायोचित नहुने रास्वपाले जनाएको छ ।

संसदीय समितिमा भएका निर्णयको आधारमा सांसद मनिष झाले संसदमा बोल्ने गरी रास्वपाले तयारी गरेको थियो । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई झालाई बोल्न समय दिए पनि कांग्रेसले अवरोध सिर्जना गरेपछि उनी बोल्न पाएनन् ।

नयाँ समीकरण बनेपछि न्यूनतम साझा संकल्पमा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानबिन गरिने संकल्प गरेको समेत रास्वपाले जनाएको छ ।

‘हामी आह्वान गर्न चाहन्छौं, प्रतिपक्षी दललाई । एउटा निष्पक्ष , विज्ञसहितको उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाऔँ । जसले आम जनताबाट सबै प्रकारको उजुरी लेओस्, त्यसले छानबिन गरोस् सबै सासंदमाथि,’ रास्वपा बैठकको निर्णयमा भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group