ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुने


एबीसी न्यूज
२८ चैत्र २०८०, बुधबार   ११ : ५१   बजे

काठमाडौं २८ चैत । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा बोल्नुुहँदै उपप्रधानमन्त्री यादवले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री यादवले स्वास्थ्य अनुसन्धानले महत्वपूर्ण तथ्य प्रमाण्का आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतीहरुको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासलाई मार्गदर्शन हुने बताउनुभयो ।

उहाँले स्वास्थ्य अनुसन्धानले हामीलाई उदीयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउने बताउनुभयो । उहाँले अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानतालाई सम्बोधन गर्दै समताको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताउनु भयो ।

‘‘स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुन्छ । स्वास्थ्य अनुसन्धानले महत्त्वपूर्ण तथ्य प्रमाण्का आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतीको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरुलाई मार्गदर्शन गर्दछ ।,’’ उपप्रधानमन्त्री यादवले भन्नुभयो, ‘‘स्वास्थ्य अनुसन्धानले हामीलाई उदीयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउँछ । साथै अनुसन्धानले दिगो विकास लक्ष्यको मूल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’’

उहाँले स्वास्थ्य क्षेत्रको विकास बिना समृद्धि, समाजवाद र विकासको कल्पना गर्न नसकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu