ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एआइबाट समाचार वाचन गराउने दिपक श्रेष्ठ सम्मानित


एबीसी न्यूज
२८ चैत्र २०८०, बुधबार   १ : १८   बजे

काठमाडौ २८ चैत । परिश्रम विना यस संसारमा कुनै पनि सफलता प्राप्ति संभव छैन । परिश्रमबाट हरेक चीजको प्राप्ति सम्भव छ । मनले चाहेर र अरुको प्रगति देखेर मात्र हुदैन आफैले सफलता प्राप्त गर्न भने कडा परिश्रम गर्ने पर्छ। सुतिराखेको सिंहको मुखमा हरिण आफै आउँदैन । उसलाई आहारा खोज्न दौड धूप त गर्नैपर्छ । त्यस्तै आफ्नो काममा इमानदारपुर्वक मेहनत गर्ने इच्छाशक्ति भयो भने कुनै न कुनै दिन त्यो लगनशिलताले सम्मान प्राप्त गर्ने कुरामा कुनै दुईमत छैन। त्यसैक्रममा नयाँ प्रविधिमा चासो राख्दै अपडेट हुने भिडियो एडिटर दिपक श्रेष्ठ सम्मानित भएका छन्।

आर्टिफिसियल इन्टेलिजेन्स एआई मार्फत नेपाली भाषामा भिडियो समाचार प्रसारण गर्ने कार्यमा उत्कृष्ट भएपछी श्रेष्ठलाई सम्मान गरिएको हो। उनी एआईको माध्यमबाट भिडियो समाचार नियमित प्रसारण गर्ने नेपालको पहिलो अनलाइन टिभी समय टिभीमा आबद्द रहेका छन्। उनले उक्त प्लेटफर्मबाट नयाँ प्रविधिको प्रयोग गरी पत्रकारितालाई नयाँ आयाम दिने अभ्यास सुरु गरेको सम्मान पत्रमा लेखिएको छ ।

एआइबाट समाचार वाचन गराउने श्रेष्ठको अभ्यास आफैमा उच्च प्रविधि र अति नविन प्रयोग भएकाले राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० अन्तर्गत डिजिटल मिडिया इन्नोभेटिभ अवार्ड प्रदान गरिएको आयोजकहरुले जनाएका छन् । आयोजक संस्था न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिं परियार, प्रतिनिधि सभाकी उपसभामुख इन्दीरा राना, सांसद डा। चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतले श्रेष्ठलाई अवार्ड प्रदान गरेका थिए । सो अवसरमा डिजिटल मिडियामा राम्रा काम गर्ने र लोकप्रिय पत्रकार ऋषि धमलासहित अरु २३ सञ्चारकर्मी र केही समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu