ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिट्टै वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याइने


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   १२ : ३२   बजे

काठमाडौं २९ चैत । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा वनस्पति विभागको ६७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री सुडीले वनस्पति विभागले गरिराखेका कामहरू थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रस्तावित वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउनु रहेको जानकारी दिनुभयो । उहाँले जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवर्द्धनमा निरन्तरता दिनुपर्ने बताउनु भयो ।

‘‘राष्ट्रको अमूल्य सम्पदाको रुमपा रहेको वनस्पतिको योगदान हाम्रो दैनिक जीवनयापनदेखि राष्ट्रिय अर्थतन्त्र विकासमा महत्त्वपूर्ण रहँदै आएको छ । विशेष गरी स्थानीय वनस्पतिहरूको स्थानीय समुन्नति रोजगारी सिर्जनामा पनि उत्तिकै योगदान रहेको छ । मानवीय कारण वा जलवायु परिवर्तन वा अन्य विभिन्न कारणले गर्दा दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरू दिनप्रतिदिन सङ्कटमा परिरहेका छन् ।,’’ मन्त्री सुडीले भन्नुभयो, ‘‘यस्ता बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवर्द्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौती छन् । नेपाललाई विश्वमा चिनाउने सबै वनस्पति भागहरूलाई समयभित्रै प्रकाशन गर्न आवश्यक श्रोत, साधन र बजेटको व्यवस्था गरी प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक छ ।’’

मन्त्री सुडीले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरू दिनप्रतिदिन सङ्कटमा परिरहेको भनाइ राख्नुभयो । उहाँले बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवर्द्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौती रहेको बताउनु भयो । उहाँले राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरूलाई समेत समय सापेक्ष रूपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरूलाई समेत समय सापेक्ष रूपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक छ । जडीबुटी खेतीमार्फत स्थानीयको आयमा टेवा दिने काममा लाग्नुपर्छ । जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवर्द्धनमा निरन्तरता दिनुपर्छ । वनस्पति विभागले गरिराखेका कामहरू थप प्रभावकारी बनाउन र आम जनसमुदायसम्म पुर्‍याउन तत्काल वनस्पति ऐन आवश्यक रहेको र मेरो र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रस्तावित वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउन रहेको छ ।’’

मन्त्री सुडीले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पुर्‍याइ स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group