ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमकाे मुख्यमन्त्री पदका लागि दाबी पेश गर्ने अन्तिम दिन


एबीसी न्यूज
२ बैशाख २०८१, आइतबार   १२ : ३२   बजे

काठमाडौं २ बैशाख । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्ने समय सीमा आज बेलुका ५ बजे सकिँदैछ ।

मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त गर्नका लागि १० दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखले तोकेको समय सीमा आज बेलुका सकिने भए पनि अहिलेसम्म कसैले पनि मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्नुभएको छैन ।

सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलेमध्ये दुई वा सोभन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तका लागि दाबी पेश गर्न आह्वान गरिएको थियो । नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम मुख्यमन्त्री दिने केन्द्रमा गठबन्धन दलहरुबिच सहमति भए पनि नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक विवादका कारण सो पार्टीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने सदस्यको नाम अगाडि बढाएको छैन ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश दलका नेता घनश्याम चौधरीलाई जिम्मेवारीबाट हटाउनुका साथै प्रदेश सभा सदस्यबाटै तीन महिनाको लागि निलम्बन गरे पनि त्यो निस्प्रभावी रहेको प्रदेश सभाले ठहर गरेको छ । अध्यक्ष चौधरीले कैलाश चौधरीलाई संसदीय दलको नेता नियुक्त गरे पनि त्यो कायम नभएको भन्दै प्रदेश सभाले घनश्याम चौधरीले नै संसदीय दलको नेताको रुपमा कामकाज गर्न सक्ने जनाएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतको सरकारको गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ । गठबन्धनसँग नेकपा ९माओवादी केन्द्र० का १०, नेकपा ९एमाले० का १०, नागरिक उन्मुक्ति पार्टीका छ र नेकपा ९एकीकृत समाजवादी० का चार गरी ३० जना प्रदेश सभा सदस्य छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group