ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारमन्त्री शर्माद्वारा डोल्पामा एफटिटिएचको शुभारम्भ


एबीसी न्यूज
२ बैशाख २०८१, आइतबार   ३ : १६   बजे

काठमाडौं २ बैशाख । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम ९एफटिटिएच० नेटवर्क सेवा सुरु गरेको छ। उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्याउने सरकारको अभियानअन्तर्गत आजदेखि नेपाल टेलिकमले उक्त सेवा डोल्पामा सुरुआत गरेको हो।

आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गर्नुभयो। यससँगै यो सेवा मुगु र हुम्लाबाहेक सबै जिल्लामा पुगेको छ। मुगुमा हाल जडान भइरहेको र हुम्लामा आगामी वर्षमा जोड्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ।

सो अवसरमा मन्त्री शर्माले देशैभर अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा पुर्याउने सरकारको अभियान साकार हुँदै गएको बताउनुभयो।

उहाँले नेपाल टेलिकमका अधिकारीलाई यो सेवालाई कम्तीमा प्रत्येक पालिकाका केन्द्रसम्म विस्तार गर्न पनि आग्रह गर्नुभयो। “सरकारले नाफा मात्रै हेर्दैन, घाटै भए पनि दूरदराजका नागरिकलाई सूचना र सञ्चारको सुविधाबाट बञ्चित गर्दैन” उहाँले भन्नुभयो, “सरकारले मुलुकभर इन्टरनेट सेवा पुर्याउने नीतिलाई प्राथमिकता दिएको छ।”

इन्टरनेटको अभावमा नागरिकलाई आधारभूत सेवा समेत दिन नसक्ने अवस्था रहेको र त्यसतर्फ सरकारको पनि चासो रहेको भन्दै मन्त्री शर्माले विशेष ध्यान दिन टेलिकमका अधिकारीहरुलाई आग्रह गर्नुभयो। सेवाको पहुँचसँगै सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन पनि उहाँले आग्रह गर्नुभयो।

कतिपय अवस्थामा विद्युतीकरणको अभाव र सोलारका मात्रै भर पर्दा टेलिकमको सेवा गुणस्तरीय नहुने गरेको उल्लेख गर्दै उहाँले वैकल्पिक प्रविधिको प्रयोग गरेरै भए पनि इन्टरनेट सेवा पुर्याउने प्रतिबद्धता जनाउनुभयो। उहाँले सञ्चारको विकासमा धेरै समस्याहरु भए पनि ती समाधान गर्न सबैको पहलकदमीको जरुरी रहेको आवश्यकता औँल्याउनुभयो। उहाँले डिजिटल नेपाल निर्माणमा इन्टरनेट आधारभूत सेवा भएको बताउनुभयो।

सिंहदरबारमा भएको उक्त कार्यक्रममा सहभागी पूर्वमन्त्री सत्या पहाडीले सञ्चारको क्षेत्रमा पछाडि परेको डोल्पामा प्रभावकारी सञ्चार सेवा सुरुआत हुनु महत्वपूर्ण भएको बताउनुभयो। उहाँले सो सेवालाई थप स्थानमा बिस्तार गर्दै सेवाको गुणस्तर र दीगो बनाउन मन्त्री शर्माको ध्यानाकर्षण गराउनुभयो। “टावर हुने तर फोन नलाग्ने, इन्टरनेट पुग्ने तर राम्रोसँग नचल्ने पनि हुनसक्छ, त्यसतर्फ ध्यान दिनुपर्छ”, पहाडीले भन्नुभयो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले सबै जिल्लामा उक्त सेवा पुर्याउने प्रतिबद्धता जनाउनुभयो। साथै विभिन्न चुनौतीका बीच पनि निकट भविष्यमै मुगु र हुम्लामा पनि सेवा पु¥याउने बताउनुभयो।

उहाँले सूचना तथा प्रविधिको युगमा निजी क्षेत्र पुग्न नसकेको क्षेत्रमा पुग्नु सरकारको दायित्व भएको बताउनुभयो। बिस्तार, गुणस्तर र सुरक्षा महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै सचिव सुवेदीले सञ्चार प्रविधिमा फड्को मार्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा डोल्पाबाट भर्चुअलरुपमा सहभागी नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेशप्रसाद शाहले ५४ प्रतिशत सेवा सोलारको भरमा रहेकाले सेवा प्रवाहमा समस्या रहेको तर प्रभावकारी सेवामा विशेष ध्यान दिइएको बताउनुभयो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जिल्लामा सीमित स्थानमा मात्रै दुरसञ्चार सेवा उपलब्ध रहेको बताउनुभयो। उहाँले इन्टरनेट सेवाको अभावमा ठूलो समस्या भोगिरहेको डोल्पाबासीका लागि आजदेखि शुभारम्भ गरिएको एफटिटिएच नेटवर्क कोसेढुंगा सावित भएको बताउनुभयो।

जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकाले छरिएर रहेको डोल्पाको बस्तीमा राज्यले सञ्चार सेवा उपलब्ध गराउन थालेकोमा खुसी व्यक्त गर्नुभयो। रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu