ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले गरे उद्घाटन


एबीसी न्यूज
३ बैशाख २०८१, सोमबार   २ : २९   बजे

काठमाडौं ३ बैशाख । काठमाडौं उपत्यका जोड्ने मुख्य सडकमा नेपालको यातायात क्षेत्रले पहिलो सुरुङमार्ग पाएको छ।  धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने नागढुंगा सुरुङमार्ग सोमबार दिउँसो १स्५७ बजे ‘ब्रेक थ्रु’ भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको उद्घाटन गरेका हुन्। जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ भए पनि हालसम्म यातायातका सवारीसाधन सञ्चालन हुने सुरुङमार्ग छैनन्।

त्यसकारण यो ‘ब्रेक थ्रु’ नेपालमा सुरुङ यातायातको लागि पहिलो भएको छ। २।६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक ९एडीबी०को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ।

यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता समन्वय महाशाखा प्रमुख भीमार्जुन अधिकारीले सुरुङमार्ग ब्रेक थ्रू भए पनि केही जग्गाका समस्या कायम रहेको बताए।

‘‘बलम्बुमा फ्लाई ओभरको जग्गा मुआब्जा र सिस्नेखोलातर्फ रिफ्रेसिङ सेन्टर निर्माणमा जग्गाको काम बाँकी छ’, अधिकारीले भने, ‘सुरुङमार्गमा कंक्रिटको काम सकिएपछि बल्ल गाडी गुड्छन्।’

नागढुंगा सुरुङमार्ग छेडिँदा करिब ५ किलोमिटर छोटो हुने सडक विभागले जनाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए। २२ अर्बको आयोजना शिलान्यास गर्दा पनि भौतिक पूर्वाधारमन्त्री महासेठ नै थिए।

जापानी कम्पनी हाजमा अन्दो कर्पोरेसनले यसको निर्माण गरिरहेका छन्। यसबाट नेपाली इन्जिनियरले समेत प्राविधिक ज्ञान पाएका छन्।

आयोजनाले अब छोटा सुरुङमार्ग नेपाल आफैँले बनाउन सक्ने दाबी गरेको छ।No description available. No description available.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu