ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसँग सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भयोः झलनाथ


एबीसी न्यूज
४ बैशाख २०८१, मंगलबार   ११ : ३३   बजे

काठमाडौँ, ४ बैशाख ।  पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पद सुरुमै आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री प्रचण्ड सहमत भएको दाबी गरेका छन्। आज (मंगलबार) बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि प्रतिक्रिया दिँदै खनालले उक्त दाबी गरेका हुन्।

‘प्रधानमन्त्रीजीसँग समसामयिक विषयमा कुराकानी भयो। अहिलेको गठबन्धनलाई थप बलियो बनाएर जाने भन्नेबारे समझदारी भएको छ। केही अप्ठेराहरू आउन लागेको भए पनि त्यसलाई फुकाएर सहज ढंगले अघि बढ्ने कुरा भएको छ’, पूर्वप्रधानमन्त्री खनालले भने, ‘भेटमा सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका बारेमा पनि कुराकानी भयो। प्रधानमन्त्रीजीले अहिले सुरुमा एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिने प्रतिबद्धता जनाउनुभएको छ। सोही समझदारीपछि म बालुवाटारबाट फर्किएँ।’

तर सत्ता गठबन्धनको पूर्वसहमतिअनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई मुख्यमन्त्री दिइसकिएको छ। तर नाउपाबाटै दुई जनाले मुख्यमन्त्री पदमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले अहिलेसम्म निर्णय गर्न सकेका छैनन्। सत्ता गठबन्धनको भईकन पनि सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी कांग्रेससँग मिलेर अर्कै गठबन्धन बनाई नाउपाको रेशम पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहभागी भएको छ। अर्कातर्फ सत्ता गठबन्धनबाट नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu