ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री लामिछानेमाथि सुप्रिम सहकारीपीडितद्वारा छानबिन माग


एबीसी न्यूज
४ बैशाख २०८१, मंगलबार   १ : ४७   बजे

काठमाडौं ४ बैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार बुटवलमा प्रदर्शन गरेका छन् ।

सुप्रिम सहकारीपीडितद्वारा गृहमन्त्री लामिछानेमाथि छानबिन माग
बुटवल र भैरहवामा रहेका उक्त सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब दिएका हुन् । सुप्रिम सहकारीपीडित संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका हुन् ।

 

बुटवलको राजमार्ग चौराहामा भेला भएका पीडितले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । राजमार्ग चौराहाबाट नाराबाजी गर्दै पीडित बुटवलको ट्राफिक चोकसम्म पुगेका थिए ।

 

प्रदर्शनमा सहभागीले गृहमन्त्रीले मुख्य आरोपी जीबी राईलाई पक्राउ गर्न नसक्नुको कारण माग गरेका छन् । यसअघिका विरोध कार्यक्रममा गृहमन्त्रीको नाम नलिएका पीडितले मंगलबार लामिछाने माथि छानबिनको माग गरेका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा प्रमाण समेटेर लामिछानेले सहकारीबाट दुइ करोड रुपैयाँ अपचलन गरेको उल्लेख गरिएको छ ।

रकम अपचलन गरेको पुष्टि भएको खबर सार्वजनिक भएपछि पीडितले गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् । संघर्ष समितिका संयोजक विजयकुमार नेपालले पीडितले संघर्षलाई निरन्तरता दिने बताए । सडक प्रदर्शनबाट माग पूरा नभए काठमाडौं पुगेर संघीय सदन घेराउ गर्ने उनले चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu