ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ महिनामा तीनपटक विश्वासको मत लिनु विडम्बना : प्रधानमन्त्री


एबीसी न्यूज
४ बैशाख २०८१, मंगलबार   ५ : १२   बजे

काठमाडौं ४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु विडम्बनाको विषय भएको बताएका छन्।

मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिना भित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको पनि बताए।

उनले भने, ‘अहिले तेस्रो पटक विश्वासको मत लिएँ केही समयअघि। डेढ वर्ष पनि भएको छैन। १५ महिना भित्र लिएँ। तीन पटक विश्वासको मत १५ महिना भित्र लिने अवस्था सिर्जना हुन एउटा बिडम्वना पनि भन्न सकिन्छ। अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ।’

उनले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महशुस नगराउन कांग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गरे।

उनले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको बताए। उनले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गर्नुभयो। उनले सरकारको पुनःगठन भइ रहने बताए।

प्रधानमन्त्री दाहालले सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको बताए। उनले शको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताए।

उनले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभुति गर्ने, भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथी कानूनी कारबाही अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताए।

प्रधानमन्त्री दाहालले कानूनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभुति गर्न सकिने बताए।

मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभुति गर्ने अवस्था सिर्जना गरिने बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu