ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराजित नेपाल साउदीसँगको रोमान्चक जितसँगै सेमिफाइनल प्रवेश


एबीसी न्यूज
५ बैशाख २०८१, बुधबार   ४ : ०१   बजे

काठमाडौं, ५ वैशाख । वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेल नेपालले ६ विकेटले जितेको छ। टस हारेर व्याटिङ गरेको साउदीले ८ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ७३ रन बनाएको थियो। दिपेन्द सिंह ऐरी ९ बलमा १७ रन बनाएर आउट भएका हुन। दुई बलको सामना गरेका कुशल भूर्तेल शून्यमा आउट भएका थिए भने आसिफ शेखले ३ बल खेलेर २ रन मात्र बनाउन सफल भएका थिए। कुशल मल्ल ५ बल खेलेर स््टाप बोल्ड भएका थिए। नेपालले ५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ४८ रन बनाएको छ। नेपालका तर्फबाट करण केसीले २, अविनाश बोहराले २, ललित राजवंशी र प्रतिश जीसीले समान १÷१ विकेट लिएका थिए।

वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेल ढिलो सुरु भएको थियो। ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा ११ः४५ बजेका लागि खेल समय तोकिए पनि मैदान भिजेका कारण ढिलो भएको हो। वर्षाका कारण खेलमा ढिलाई भएका कारण २० ओभरको खेल ८ ओभरमा सिमित गरिएको छ।

आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ भने साउदी सेमिफाइनलमा पुग्ने आफ्नो प्रयास जारी राख्न चाहन्छ। ओमानमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ। यअसघि हङकङविरुद्धको खेल पनि वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो। हालसम्म ओमानमा वर्षासँगैको बाढीमा परी १८ जनाको मृत्यु भइसकेको छ।

आजको खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ भने साउदी अरब आफ्नो अङ्क जोड्न चाहन्छ। जारी सिजनमा नेपालले लगातार ३ खेलमा जित हात पार्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ भने साउदी अरबले ३ खेल खेल्दा १ मा मात्रै जित हात पारेको छ। आजको खेलमा जित हात पार्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपालले यसअघिका आफ्ना ३ वटै खेलमा सानदार जित हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group