ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागी : ७० भन्दा धेरै घरगोठ जले


एबीसी न्यूज
९ बैशाख २०८१, आइतबार   ७ : ४१   बजे

काठमाडौं, ९ वैशाख । गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको छ । ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका छन् ।
गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागीले क्षति गरेको हो । आगलागीमा परेर दुईजना घाइते भएका छन् । इस्मा–१ का हिमाल राना र मुसिकोट नगरपालिका–७ का प्रेम राना घाइते भएको र दुवै जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले बताए । जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ । डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।

यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगोले क्षति गरेको छ । भुमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्कलगायतका गाउँमा गरी झन्डै २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए। आगोले गाउँनै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए। क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।

त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दन गाउँपालिका–६ पडरीमा अस्ति शुक्रवार भएको आगलागीमा १४ जनाको घरगोठ जलेको थियो । त्यहाँ हिजो फेरी आगो फैलिएको थियो । विभिन्न ठाउँमा लागेको धेरैजसो आगो नियन्त्रणमा लिएको र क्षतिको विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu