ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बक्यौता नतिर्ने दुई हजारभन्दा बढी ग्राहकको लाइन काटियो


एबीसी न्यूज
९ बैशाख २०८१, आइतबार   १२ : ३९   बजे

काठमाडौं ९ बैशाख । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्म समयमै महसुल नबुझाउने दुई हजार १४६ ग्राहकको लाइन काटेको छ । एक अर्ब ९७ करोड पाँच लाख ८८ हजार ७५६ रुपियाँ बक्यौता नतिर्नेको लाइन काट्दा एक हजार ८२८ ले मात्रै पुनः मिटर जडान गरेको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले जानकारी दिनुभएको छ । घोराही वितरण केन्द्र अन्तर्गत घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिका पर्ने गर्दछन् । जस अन्तर्गत ५१ हजार ४७७ ग्राहक रहेका छन् ।

उहाँका अनुसार सात करोड ६० लाख ३९ हजार ५०८ रुपियाँ मात्रै बक्यौता तिरेर नयाँ जडान गरिएको छ । बाँकी ३१८ जनाले अनधिकृत रूपमा विद्युत् प्रयोग गरिरहेको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर शर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लाइन काटिएका ३१८ ले बत्ती नबाली बसेकै छैनन् । उनीहरूले अनधिकृत रूपमा जडान गरेको जस्तो देखिन्छ ।”

विद्युत् महसुल नियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ भएको ६० औँ दिनभित्र महसुल नबुझाएमा जुनसुकै बेला लाइन काटिन सक्ने व्यवस्था भए अनुसार जिल्लामा लाइन काट्न सुरु गरेको इन्जिनियर शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म पनि बक्यौता रकम उठ्न नसकेपछि प्राधिकरणले पछिल्लो समय कडाइ गरिरहेको छ ।”

उहाँका अनुसार अनधिकृत रूपमा विद्युत् प्रयोग गर्ने जिल्लाभर करिब छ सय ग्राहक रहेको अनुमान छ । घोराही र लमही वितरण केन्द्र अन्तर्गत पनि अनधिकृत रूपमा विद्युत् प्रयोग गरेको हुन सक्ने अनुमान कार्यालयको छ । उहाँले अनधिकृत रूपमा विद्युत् प्रयोग गर्नेलाई कालो सूचीमै राख्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अनधिकृत रूपमा विद्युत् प्रयोग गर्नेको निगरानी गरिरहेका छौँ । अब पुनः लाइन काट्ने मात्रै हुँदैन मिटर नै थुतेर कालो सूचीमा राख्ने गरी तयारी गरेका छौँ ।” यसअघि प्राधिकरणले २०८० कात्तिक १३ देखि २२ गतेसम्म समयमै विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेको थियो ।

अभियानमा घोराहीमा ५४ लाख १९ हजार ५९७ रुपियाँ नतिरेका ६९२ ग्राहकको लाइन काटिएको थियो । नेपाल विद्युत् प्राधिकरण लमहीले ८४ लाख बक्यौता नतिरेका ८१७ ग्राहकको लाइन काटेको थियो । नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले अभियानका क्रममा २४ लाख १६ हजार २७५ रुपियाँ बक्यौता तिर्न बाँकी भएका २७० ग्राहकको लाइन काटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group