ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकोशी-मरिण डाइभर्सन सुरुङमार्गकाे ‘ब्रेक थ्रु’ वैशाख २६ गते


एबीसी न्यूज
१० बैशाख २०८१, सोमबार   १ : ०९   बजे

काठमाडौं १० बैशाख । राष्ट्रिय गौरवको सुनकोशी(मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

कुल १३ दशमलव तीन किलो मिटर लम्बाइको सुरुङ अब एक सय १० किलो मिटर खन्न बाँकी रहेको र यही वैशाख २६ गते ‘ब्रेक थ्रुु गर्ने तयारी गरिएको छ । आयोजना प्रमुख मित्र बरालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विशेष समारोहका बिच सुरुङको ‘ब्रेक थ्रुु गर्ने तयारी गरिएको बताउनुभयो ।

सुरुङ खन्न कुनै भौगोलिक जटिलता नआए वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । आयोजनाका अनुसार उक्त सुरुङ २०७९ साल असोज २८ गतेदेखि कुसुमटारबाट खन्न सुरु गरिएको थियो । टनेल बोरिङ मेशिन९टिबिएम०बाट सुरुङ निर्माण कार्यका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ९कोभेक०ले ठेक्का पाएर काम गरिरहेको छ ।

सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपियाँमा ठेक्का पाएको छ । २२ महिना सुरुङ निर्माणको काम सक्ने गरी उक्त कम्पनीले ठेक्का पाएको हो । १९ महिनामा नै सुरुङ खन्ने कार्य ९८ प्रतिशतभन्दा बढी भइसकेको र पाँच दशमलव पाँच डायमिटरको सुरुङमार्ग निर्माण गरिएको आयोजनाले जनाएको छ ।

सुरुङ खन्ने कार्य लक्ष्यभन्दा तीन महिना अगावै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो आयोजना प्रमुख बरालले बताउनुभयो । यस अघि टिबिएम मेसिनमाथि पहिरो खस्दा विभिन्न पटक गरी झण्डै दुई महिना सुरुङ निर्माण अवरुद्ध भएको आयोजनाले जनाएको छ ।

ू२०८४ सालको असोज महिनासम्म सबै प्याकेजको काम सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढिरहेको छ,ू आयोजना प्रमुख बरालले भन्नुभयो, ूपहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण भएको छ । दोस्रो चरणको काम अन्तर्गत सुनकोसीमा करिब ३० मिटर अग्लो र एक सय ५८ मिटर लामो बाँध९ब्यारेज० निर्माणको काम छ ।ू

उक्त ब्यारेज निर्माण गत मङसिर महिनादेखि सुरु भएको छ । पटेल–रमण जेभीले चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी ब्यारेज निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपिया लागतमा २०७९ साल माघमा सम्झौता गरेको आयोजनाले जनाएको छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा पछिल्लो अपडेट हुँदा ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजना प्रमुख बरालले बताउनुभयो ।

उहाँका अनुसार सुनकोशी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ। त्यहाँ ६६ दशमलब २९ मिटर हेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिनेछ ।

उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाइनमार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नवलपुर सबस्टेशनमा जोडिनेछ । आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडोक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना छन् । बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु र्‍याउने रहेको आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu