काठमाडौं ११ बैशाख । इन्टर मिलानले पाँच खेल अगावै इटालियन सिरी ए को उपाधि जितेको छ । चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २(१ ले पराजित गर्दै इन्टर २०औं पटक लिग च्याम्पियन बनेको हो ।
सर्वाधिक लिग जितमा इन्टर दोस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक ३६ पटक लिग जितेको छ । एसी मिलानले १९ पटक लिग जितेको छ ।
एसी मिलान विरूद्धको जितपछि इन्टरको ३३ खेलबाट ८६ अंक भएको छ । समान खेलबाट एसीमिलान ६९ अंकसहित दोस्रो स्थानमा छ ।
अब लिगमा १५ अंकको मात्र खेल बाँकी हुँदा एसी मिलान भन्दा इन्टर १७ अंकले अघि छ । इन्टरको लागि फ्रान्सेस्को असेर्बीले १८औं र मार्कुस थुरामले ४९औं मिनेटमा गोल गरे ।
एसी मिलानका लागि फिकायो तोमोरीले ८०औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए । इन्जुरी टाइममा इन्टरका डेन्जल ममफ्राइस तथा एसी मिलानका थियो हर्नान्डेज र डेविढ कालाब्रिअले रातो कार्ड पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्