ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगानीको अध्ययन संयन्त्र बनाउन कतार तयार


एबीसी न्यूज
१२ बैशाख २०८१, बुधबार   ३ : ३६   बजे

काठमाडौं १२ बैशाख । कतारले नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न एक संयुक्त संयन्त्र बनाउन कतार तयार भएको छ ।

धानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधिमण्डल बीच सोल्टी होटलमा भएको वार्तामा नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न संयन्त्र बनाउन कतार तयार भएको हो ।

प्रधानमन्त्री दाहालका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री दाहाल र अमिर तमिमबीच एकदमै सौहार्दपूर्ण, हार्दिक र आत्मिय भेटघाट र वार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै अब कतारलाई भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धीमा लगानीका क्षेत्रहरु लागनी गर्न आग्रह गरेका छन् ।

‘कतारको लगानी गर्न सक्ने हैसियत बिस्तार हुँदै गइरहेको छ । नेपालमा पनि लगानी क्षेत्रहरु विकास र विस्तार भइरहेका छन् । निकट भविश्यमा हामी लगानी सम्मेलन गर्दै गइरहेका छौं । त्यसमा कतारको तर्फबाट महत्त्वपूर्ण सहभागिता र लगानी गर्न आग्रह गर्छ,’ प्रधानमन्त्रीको भनाई उद्धत गर्दै सापकोटाले भने,‘त्यसमा मुख्य भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धी क्षेत्र रहेका छन् ।’

अमिर तमिमले प्रधानमन्त्रीको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् । उनले नेपालमा लगानीको सम्भाव्यता अध्ययन गरी छलफल गर्न दुवै देशले एउटा संयन्त्र बनाउने बताए ।

‘कतार र नेपालको दुवै तर्फबाट संयन्त्र बनाउने समझदारी बनेको छ । सम्भाव्य क्षेत्रको अध्ययन र छलफल गर्नको लागि संयन्त्रले काम गर्नेछ,’ सापकोटाको भनाई छ ।

प्रधानमन्त्री दाहालले नेपालमा हवाई सम्पर्क बढाउन पोखरा र भैहरवामा जहाज पठाउन गरेका प्रस्तावमा पनि अमिर सकारात्मक भएका छन् ।

प्रधानमन्त्री दाहालले विश्वमा देखिएको द्वन्द्व शान्तिपूर्ण ढंगबाट समाधान निकाल्नको लागि कतारले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै हमास र इजरायलको द्वन्द्वको क्रममा बन्धक बनाइएका नेपाली नागरीक विपिन जोशीको रिहाई गर्न कतारको ध्यानाकर्षण गराए ।

भेटवार्तामा कतारमा कार्यरत नेपालीको विषयमा पनि छलफल भएको सापकोटाले बताए । अमिर समक्ष प्रधानमन्त्री दाहालले मर्यादित श्रम सिर्जना र श्रम सहकार्यलाई समयसापेक्ष र नयाँ ढंगले सोच्नुपर्ने बताउँदै कतारमा काम गर्न गएका नेपालीले आफ्नो परिवार र देशको अर्थतन्त्रमा योगदान पुर्‍याएको बताए ।

कतारी अमिरले पनि कतारमा कार्यरत नेपालीको उच्च प्रशंसा गर्दै कतारको विकासमा पुर्‍याएकोप्रति खुसी व्यक्त गरेका छन् । ‘नेपाली कामदारको दक्षता अभिवृद्धि गर्नको लागि कतार सघाउन तयार छ,’ अमिरले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu