ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न


एबीसी न्यूज
१४ बैशाख २०८१, शुक्रबार   २ : २१   बजे

काठमाडौं १४ बैशाख । भारतमा भइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमावर्ती जिल्ला श्रावस्तीमा बिहीबार नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ ।

भारतको श्रावस्ती जिल्लामा आगामी मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्न श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

भारतीय सीमावर्ती जिल्ला श्रावस्तीका डिष्ट्रिक मजिष्ट्रेट कृतिका शर्माको निमन्त्रणमा बाँके र दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखहरूको एक दिने समकक्षी समन्वय बैठक बिहीबार सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

श्रावस्ती जिल्लामा मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनमा दुवै देशका सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने बैठकको मुख्य एजेन्डा रहेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई देशका सीमा क्षेत्रमा हुनसक्ने अवैध हातहतियार ओसारपसार, लागू औषध ओसारपसार, मानव तस्करी तथा सीमा क्षेत्रमा हुनसक्ने अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीबिच छलफल भएको थियो ।

बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले सिम क्षेत्रमा संयुक्त निगरानी गर्ने, चेक प्वाइन्ट स्थापना गर्ने, संयुक्त गस्ती पेट्रोलिङ गर्ने र दुवै देशका सुरक्षा अधिकारीबिच सोझो सम्पर्क स्थापित गर्न सक्ने संयन्त्रको विकास गर्ने सहमति भएको प्रजिअ पोखरेलले बताउनुभयो ।

उक्त जिल्लामा निर्वाचन हुने २५ मेका दिनमा सीमावर्ती जिल्लाका सीमा नाकाहरूमा चेकजाँच कडाइ गर्ने, निर्वाचन हुनु ७२ घण्टा अगाडिबाट दुवै देशका सिमानाका बन्द गर्ने, मतदानको दिन सीमावर्ती क्षेत्रमा मदिराको बिक्री वितरण तथा उपभोगमा रोक लगाउनेलगायतका विषयमा छलफल गरी कार्यान्वयन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

सिमानाका बन्दको समयमा अत्यावश्यक सेवाका दमकल, सब वाहन, एम्बुलेन्सलगायतका सवारी साधन भने नरोकिने प्रजिअ पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group