ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय सांसदको सपथग्रहण २० गते , २१ गते संघीय सांसदको पहिलो बैठक


एबीसी न्यूज
१० फाल्गुन २०७४, बिहिबार   ८ : ०९   बजे

काठमाडौं, १० फागुन ।  संघीय सांसदको सपथग्रहण २०७४ फागुन २० गते आइतबार हुने जनाइएको छ ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ ग्रहण एकैदिन फरक फरक समयमा गरिने जानकारी गराएको छ । फागुन २० गते दिउँसो ४ बजे प्रतिनिधिसभाका सदस्यको र ५ बजे राष्ट्रियसभाका सदस्यको सपथ ग्रहण अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने सचिवालयले जनाएको छ । सपथपछि फागुन २१ गते संघीय सांसदको पहिलो बैठक बस्ने जनाइएको छ ।

संसद सचिवालयले सार्वजनिक सूचना निकालेर प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई निर्धारित समयभन्दा १ घण्टा पहिले नै सम्मेलन केन्द्रमा पुग्न आग्रह गरेको छ । सचिवालयका अनुसार सांसदले राष्ट्रिय पोशाक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगले दिएको प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको प्रमाण पत्र र नागरिकताको प्रमाणपत्र लिएर सम्मेलन केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

त्यस्तै आफ्नो मातृभाषामा सपथ ग्रहण गर्न चाहने सांसदले ३ दिन अघि नै सपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी ३ दिन अघि नै संसद सचिवालयमा बुझाउनुपर्ने पनि संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group