ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यति लामो समय बिति सक्दा पनि जीबी राई अहिलेसम्म किन समातिएनन्


एबीसी न्यूज
१४ बैशाख २०८१, शुक्रबार   ४ : ५४   बजे

काठमाडौं १४ बैशाख । सहारा बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउ नगर्न सरकारले तदारुकता नदेखाएको बताएका छन् । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै सहाराका बचतकर्ताले राई पक्राउ नपर्नुमा प्रश्न उठाएका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ, सहाराका फरार सञ्चालकहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको लामो समय भए पनि उनीहरू किन पक्राउ परेनन्, कतै यसमा उच्च पदस्त व्यक्तिहरू त सम्मिलित छैनन् रु गम्भीर शंकाको वातावरण बनेको छ ।

 

चितवन सहारामा ८५ करोड रुपैयाँको हाराहारीमा बचत रकम संकलन भएको र सहकारीको नियमविपरीत रकम व्यक्ति तथा निजी फर्महरूमा बिनाधितो स्थानान्तरण गरेको ज्ञापनपत्रमा जनाइएको छ । जीबी राई सञ्चालक रहेको गोरखा मिडिया प्रालिको नाममा चितवन सहाराबाट १२ करोड रूपैयाँ लगेको प्रहरी अनुसन्धानले देखाएको छ ।

गोरखा मिडियाले ग्यालेक्सी टिभी सञ्चालन गर्दछ । हालका गृहमन्त्री तथा चितवन(२ का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने कुनै बेला सोही टीभीमा कार्यरत थिए ।

संघर्ष समितिका संयोजक रहेका शालिकराम दुवाडीले प्रहरीले उक्त सहकारीको कार्यालयबाट आवश्यक सम्पूर्ण कागजहरू नियन्त्रणमा लिएको तर अन्य कुनै कारबाही अगाडि नबढाएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । बचतकर्ताहरू अधिकांश निम्न र मध्यम वर्गका सर्वसाधरणहरू रहेको र रकम फिर्ता नहुँदा ओखती, उपचारमा समेत समस्या भएको दुवाडीले बताए ।

पक्राउ पुर्जी जारी गरे पनि अरू परिणाम केही नआएको हुँदा पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यो प्रकरणमा हस्तक्षेप गर्न र फरारहरूलाई समाउन कडा निर्देशन दिन माग गरेका छन् ।

प्रधानमन्त्री स्वयंले हस्तक्षेप नगरे समस्याको हल निस्कने छाँटकाँट छैन, ज्ञापनपत्रमा उल्लेख छ ।

पीडितहरूले शुक्ररबार नै चितवन जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष भक्तिराम अधिकारीलाई पनि ज्ञापनपत्र बुझाउँदै समस्या समाधानमा पहल गरिदिन माग गरेका छन् । त्यसैगरी अर्को सहकारी शिवशिखर बहुउद्धेश्यीय सहकारीका पीडितहरूले पनि ज्ञापनपत्र बुझाउँदै बचत फिर्ता गराउन सरकारले तदारुकता दिन माग गरे ।

बचतकर्ताहरूको ज्ञापनपत्र बुझ्दै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले राज्यले पीडितलाई न्याय दिलाउने सन्दर्भमा काम गरिरहेको जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group