ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले वेस्टइन्डिज ‘ए’सँग आजदेखि टी-२० सिरिज खेल्दै


एबीसी न्यूज
१५ बैशाख २०८१, शनिबार   ७ : २२   बजे

काठमाडौं, १५ बैशाख ।  नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ ।

सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ ।

नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा खेल्नेछ । वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ ।

१६ जनाको टोलीमा शुक्रबारमात्रै क्यानले तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल, युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपेको हो ।

बिहीबार घोषित १६ सदस्य टोलीमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई मात्र थपिएको थियो ।

अब २० जनाबाट आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा गएर टी–२० विश्वकप खेल्ने नेपाली टोलीको टुंगो लाग्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले टी(२० विश्वकपका लागि खेलाडीको नाम दर्ता गर्ने अन्तिम दिन १ मेलाई तोकेको छ । त्यो डेडलाइन अघि नेपालले वेष्टइन्डिज एविरुद्ध आज शनिबार र आइतबार दुई खेल खेल्नेछ । त्यसैले सुरुवाती दुई खेलमा प्रमुख खेलाडीलाई विश्राम दिएर अरुलाई अवसर दिने सम्भावना छ ।

टी-२० विश्वकप अगाडि वेस्टइन्डिज एसँग घरेलु मैदानमा खेल्न पाउँदा सबै जना उत्साहित रहेको कप्तान रोहितकुमार पौडेलले बताएका छन् ।

नेपाली टोली

रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी।, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्टइन्डिज टोली

रोस्टन चेश, एलिक एथानाजे ९उपकप्तान०, फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

जिम्मी निसम तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu