ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा उम्मेदवार मिलन लिम्बूले आफ्नै वडामा पाए जम्मा ९६ मत : पछिल्लो मतपरिणामअनुसार सुहाङको १० हजार ३ मत पुग्यो


एबीसी न्यूज
१७ बैशाख २०८१, सोमबार   १० : २६   बजे

इलाम, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बू आफ्नै वडामा कमजोर देखिएका छन् । धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने माङ्सेबुङ गाउँपालिका वडा नम्बर–२ मा लिम्बूले ९६ मत मात्रै पाएका छन् ।जबकि यो वडामा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५८६, कांग्रेसले ३५१ र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ३१७ मत पाएका छन् ।

माङ्सेबुङ–२ मा २४४५ मत खसेको थियो । मिलन लिम्बूले चुनावअघि लिङ्देनसँग २ पटक दर्शनभेटसमेत गरेका थिए । इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । त्यस्तै पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ५ हजार ५ सय ९१ मतसहित तेस्रो स्थानमा रहेका छन् । राम्रै मत ल्याउने आशा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने निकै पछि परेको छ । रास्वपाका उम्मेदवार मिलन लिम्बू १ हजार ४ सय ४३ मत ल्याएका छन् ।इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए जसमध्ये ६९हजार २ सय ८७ मत खसेको थियो । जसमध्ये २४ हजार ७ सय ३८ मत गणना गरिएको छ । त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई सय ५८ ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu