ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा


एबीसी न्यूज
१९ बैशाख २०८१, बुधबार   १ : १४   बजे

काठमाडौं १९ बैशाख । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधबार मनाइँदै गरिएको १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै ‘‘मजदुरहरूले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरूको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस्’’ भन्नुभएको छ ।

प्रमुख शर्माले आधुनिकता, विकास र समृद्धिको रचनाकार आम श्रमजीवी भएको बताउनुभएको छ । समयको लामो अन्तरालसम्म तिनै मजदुरहरू अधिकारविहीन, शोषित एवम् उत्पीडित रहेको भन्दै गर्दै उहाँले आजभन्दा १३४ वर्ष अघि आजैका दिन अर्थात् मे १ तारिखमा विश्वभरका मजदुरहरूले अनवरत सङ्घर्ष र बलिदान पश्चात् आफ्नो अधिकार स्थापित गरेको उल्लेख गर्नुभएको छ ।

हाम्रो देशमा पनि २००७ साल यता यो दिवस मनाउन थालिएको उल्लेख गर्नुहुँदै प्रमुख शर्माले हकअधिकार प्राप्तिका लागि नेपाली जनताले गरेको कठोर सङ्घर्षमा नेपालका श्रमिक वर्गको अविस्मरणीय योगदान रहेको बताउनुभएको छ ।

‘‘हामी ती अमूल्य योगदानको कदर तथा अविचलित सङ्घर्षप्रति गौरव गर्दछौँ ।,’’ प्रमुखले भन्नुभएको छ, ‘‘अझै पनि समय, ठाउँ र श्रमको समुचित परिभाषा नभएको, कानुनी प्रावधान बमोजिम सेवा–सुविधा नपुगेको र सामाजिक सुरक्षाको उचित व्यवस्था हुन नसकेको गुनासाहरू सुनिने गरेको छ ।’’ यसका लागि राज्यले समुचित प्रबन्ध गरी गुनासाहरूको सम्बोधन गर्नु अत्यावश्यक भएको प्रमुख शर्माको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu