ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव


एबीसी न्यूज
१९ बैशाख २०८१, बुधबार   १ : ३२   बजे

काठमाडौं १९ बैशाख । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गर्नुभएको छ ।

विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले श्रमिकका लागि सुरक्षित, निष्पक्ष र वृत्ति(विकासका लागि अनुकूल कार्यस्थलसहितको वातावरण निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

“हामीले यस्तो विश्वको परिकल्पना गरौँ, जहाँ प्रत्येक श्रमिकलाई सम्मानपूर्वक व्यवहार गरियोस्, उचित पारिश्रमिक, सभ्य कामको अवस्था र सामाजिक सुरक्षाको अधिकार प्रदान गर्ने वातावरण होस्”, उपराष्ट्रपति यादवले भन्नुभयो । उहाँले कार्यस्थलमा हुने शोषण, भेदभाव र असमानता उन्मूलनका लागि सबैले प्रयास गर्नुपर्ने बताउनुभयो ।

श्रमिक दिवस श्रमिकको त्याग र समर्पणलाई सम्झिने र उनीहरूलाई सम्मान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले यादवले भन्नुभयो, “श्रमिकहरू समाजका आधार स्तम्भ हुन्, जसले हाम्रा आवश्यकतालाई पूरा गर्न अथक परिश्रम गर्दछन् । उनीहरूको योगदान हाम्रो अर्थव्यवस्थामा अमूल्य छ ।”

उहाँले विश्वभरका मजदुरले सामना गरेका सङ्घर्ष र चुनौतीलाई स्वीकार गर्ने र उनीहरूको हित, अधिकारप्रति हाम्रो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउने अवसरका रूपमा विश्व श्रमिक दिवस रहेको स्मरण गर्नुभयो । श्रमिकको अधिकारको रक्षा र उनीहरूलाई प्रोत्साहन गर्न जरुरी रहेको औँल्याउँदै उहाँले श्रमिकका लागि सुरक्षित र स्वस्थ कार्यस्थल उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

“श्रमिक दिवसलाई एकता, करुणा र दृढ सङ्कल्पको नवीकरण गर्ने अवसरका रूपमा लिन सक्नुपर्छ, श्रमिकको विगतका सङ्घर्ष र बलिदानको सम्मान गर्दै सामाजिक(आर्थिक न्यायका लागि आफूलाई समर्पित गर्नसके मात्र श्रमिक दिवसको सार्थकता र महत्वको पुष्टि हुन्छ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

उहाँले समाज, देश र अर्थतन्त्रमा अतुलनीय योगदान पुर्‍याउने सबै परिश्रमी श्रमिकको योगदानको सम्मान गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group