ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्छ : उपसभापति गुरुङ


एबीसी न्यूज
१९ बैशाख २०८१, बुधबार   ५ : ०७   बजे

काठमाडौं १९ बैशाख । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताएका छन् । बुधवार १३५ औँ मे दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशमा सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताए ।

उनले गैरकानूनी ढोकाहरु सबै बन्द गर्नुपर्ने भन्दै गैरकानूनी ढोकाहरु बन्द गरेमात्रै मुलुक ठिक ढंगले चल्ने बताए । उनले विभिन्न काण्डमा मुछिएकाहरुलाई काम समातेर उठबस गरेर मात्रै देश नबन्ने बताए ।

उनले भने, ‘भ्रममा छौँ, सिंहदरबार पुगेपछि हामी आफैँले चलाइरहेका हुन्छौँ । श्रमिकको पसिना बिना सिंहदरबार चल्दैन । अरु ७ वटा सिंहदरबार पनि चल्दैनन् । अरु ७५३ वटा उपसिंहदरबार पनि बनाएका छौँ त्यो पनि चल्दैनन् । मजदुर र श्रमिकको पसिना बिना कुनै सिंहदरबार चल्दैन भन्ने मान्यता बनाएर अगाडि बढ्यौँ भने मात्रै यो मुलुक हामीले भनेजस्तो, चाहेजस्तो, रहर गरेजस्तो समृद्ध, समुन्नत नेपाल बनाउन सकिन्छ ।ु

उनले सिंहदरबार छिर्नेहरुले आफुलाई आफैँ मालिक हो कि भन्ने भ्रम पैदा हुने बताए । ुसिंहदरबार छिरेपछि मालिक हो कि जस्तो भइहाल्छौँ हामी । यो पनि गलत छ । वास्तवमा हामी कोही मालिक होइनौँ । प्रधानमन्त्री, मन्त्री, सांसद भएपनि वा सचिवहरु, मुख्यसचिव जो–जो, जे–जे भएपनि हामी सबै श्रमिक नै हौँ । देशको श्रमिक हौँ । जनताको श्रमिक हौँ । जनताको भरिया हौँ भन्ने कुरा नेताहरुले नबुझिदिदाँ पनि जनताले दुःख पाएका छन् । श्रमिक र मजदुरले दुःख पाएका छन्,ु उनले भने, ुयो खास कुरा नबुझ्दा खेरी नै सुशासन कायम गर्न सकिरहेका छैनौँ । सुशासन बेगर समुन्नत नेपालको गन्तव्यमा पुग्न सकिँदैन ।ु

उपसभापति गुरुङले श्रमिकको निर्यात नगरी देशमै श्रमको सिर्जना गर्न सबै एकजुट हुनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group