ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद फरार भएपछि प्रहरीले पक्राउ गर्न सकेन


एबीसी न्यूज
२० बैशाख २०८१, बिहिबार   १ : ३९   बजे

काठमाडौं २० बैशाख । पक्राउ पुर्जी जारी गरेको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रतिनिधि सभा सदस्य गीता बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।

पक्राउ गर्न प्रहरी परिचालन गरे पनि अहिलेसम्म सांसद बस्नेतलाई पक्राउ गर्न नसकिएको नवलपुर प्रहरीले जनाएको छ । ‘पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ, तर अहिलेसम्म पक्रन सकिएको छैन, नवलपुर प्रहरी स्रोतले भन्यो । पक्राउ पुर्जी जारी हुनेवित्तिकै बस्नेत फरार भएको प्रहरीको भनाइ छ ।

नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले मंगलबार बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । भाग्न सक्ने आशङ्कामा पक्राउ पुर्जी जारी गरिएका अन्य १३ जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुर र गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका वित्तीय विश्लेषक तथा छानबिन कर्ता निर्मल गौतमले अनुसन्धान गरेको छानबिन प्रतिवेदनले सांसद बस्नेतको संरक्षणमा रकम हिनामिना गरेको तथ्य खुलेको हो ।

बस्नेतले चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्था, बर्दियाको नमस्ते बचत तथा ऋण सहकारी र नवरपुरको छिपछिपे उपभोक्ता सहकारी संस्थाबाट आफ्ना ज्वाइँ नगेन्द्रबहादुर रिमाल र अन्य साथीमार्फत रकम निकासी गरेर हिनामिना गरेको प्रहरीको भनाइ छ ।

सांसद बस्नेत समेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोटमा नवलपुर, चितवन र बर्दियाका सहकारीको बचत लगानी गरी हिनामिना गरिएको रजिष्ट्रार कार्यालयको अनुसन्धानले देखाएको छ । तीनवटा सहकारीबाट बर्दियाको कृष्णसार रिसोर्टमा विनाधितो ऋण प्रवाह भएको पाइएको छ ।

रिसोर्ट बस्नेतकै जग्गामा भएको देखिएको छ । नगेन्द्रबहादुर रिमाल र सांसद बस्नेतकै योजनामा सहकारीको रकमबाट रिसोर्टको आन्तरिक साजसज्जामा ठुलो लगानी गरेको देखिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

सांसद बस्नेतका छोरी ज्वाइँ एवं छिपछिपे सहकारीका सचिव, सनराइज र नमस्ते सरकारीका अध्यक्षसमेत रहेका रिमालले २१ कट्ठामा भएको रिसोर्टको संरचना तयार गर्नेक्रममा सहकारीबाट रकम ल्याएर लगानी गर्ने र रिसोर्टबाट प्राप्त हुने नाफा सहकारीमा राख्ने भनी सनराइजबाट ७ करोड र नमस्तेबाट ७ करोड रमक लगेको देखिन्छ ।

छिपछिपे सहकारीमा सञ्चालक समिति र कर्मचारीको मिलेमतोमा बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपियाँ हिनामिना भएकाले असुलउपर गरी क्षतिपूर्ति भराउनु पर्ने राय रजिष्ट्रार कार्यालयले दिएको छ ।

सो रकममध्ये अहिलेसम्म एक करोड रुपियाँ बराबरको हिसाब मिलान भएको छिपछिपे सहकारीका अध्यक्ष गोपीकृष्ण शर्माले जानकारी दिनुभयो । ‘बचत र ऋणीको गरी एक करोड बराबरको हिसाब मिलान भएको छ, अध्यक्ष शर्माले भन्नुभयो, ‘तर ठुला ऋणीबाट रकम उठेको छैन ।’ छिपछिपेले विनाधितो आफ्ना मान्छेलाई ठुलो रकम ऋण प्रवाह गरेकाले सानो रकमका बचतकर्ता भने मारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group