ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति र संस्थालाई १ लाख राशिको पुरस्कार


एबीसी न्यूज
२० बैशाख २०८१, बिहिबार   १ : ५३   बजे

काठमाडौं २० बैशाख । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ ।

सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो ।

सरकारले नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४बाट शैलेन्द्र गिरीलाई प्रदान गरेको छ । उनी राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष हुन् । यस्तै नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ वुमन०बाट लेना केशरी कंसाकार सम्‍मानित भएकी छिन् । उनी एनसेलकी चिफ टेक्नोलोजी अफिसर हुन् ।

 

 

यस्तै नेशनल आइसिटी नवप्रवर्द्धन अवार्ड वान प्वाइन्ट कम्पनीलाई प्रदान गरेको छ । कम्पनीले एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरि बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको छ ।

वान पोइन्टले बनाएको एपीआई म्यानेजमेन्ट सिस्टमले एउटै प्लाटफर्मबाट सम्पूर्ण एपीआई र डिजिटल सेवाहरुलाई व्यवस्थापन र मोनिटरिङ गर्दै आएको छ ।

यस्तै नेशनल आइसिटी अवार्ड पब्लिक सेक्टरबाट सामाजिक सुरषा कोषले पाएको छ । सरकारी सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने निकाय भएको भन्‍दै उक्त पुरस्कार दिइएको हो ।

यस्तै नेशनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट डाटा हबले पाएको छ । डेटा हबले नेपालमै पहिलो पटक डेटा सेन्टर स्थापना गरि साना तथा ठूला कम्पनीलाई डेटा सेन्टर सेवा प्रदान गर्दै आएको छ ।

डेटा हब प्रालि, नेपालको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक हो । निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा स्थापित डेटा हबको बुटवलमा डिजास्टर रिकभरी साइट रहेको छ ।

यसैगरी आइसिटी नेशनल आइसिटी अवार्ड प्रादेशिक पुरस्कार डाइनामिक टेक्नोसफ्ट नामक कम्पनीले पाएको छ । वीरगञ्जमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको छ ।

सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजीज सर्भिसेस ९क्लाउड फ्याक्ट्री० सम्मानित भएको छ ।स्प्राउट टेक्नोलोजी आईटी कम्पनी हो, जसले विभिन्न आईटी सम्बन्धि विभिन्न सेवाहरू आउटसोर्सिङ गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९(८० मा सबैभन्दा बढी कर तिर्ने आईसीटी कम्पनीको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ । नेपाल टेलिकम सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक हो ।

मोनाल टेकले नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्राप्त गरेको छ । देश तथा विदेशमा साईबर सुरक्षा सेवा प्रदान गरिरहेको मोनाल टेकलाई स्टार्टअप नेशनल आईसीटी अवार्ड प्रदान गरिएको छ ।

सन् २०२० मा स्थापना भएको मोनाल टेक नेपालको उदाउदो साइबर सुरक्षा स्टार्टअप कम्पनी हो । साइबर सुरक्षा र सफ्टवेयर क्षेत्रमा एक दशक बढी काम गरेका अनुभवी समूहले स्थापना गरेको मोनाल टेकले स्वदेश तथा विदेशका विभिन्न संघ संस्थालाई २४ सै घण्टा नेटवर्क, पूर्वाधार र डेटा सुरक्षामा काम गरिरहेको छ । यी सबै पुरस्कारको राशि एक(एक लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group