ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रह्माकुमारीजबाट कर्मचारीलाई सकारात्मक सोंच र सुशासनबारे प्रशिक्षण


abc tv
२१ बैशाख २०८१, शुक्रबार   ९ : ५०   बजे

ललितपुर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र ललितपुर र अधिकृत समाज ललितपुरले ललितपुर जिल्लामा कार्यरत राष्टसेवक कर्मचारीहरुका लागि एक दिने सकारात्मक सोच, सुशासन एवं सिर्जनात्मक जीवन शैली उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी डा. राज दादीमाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले गरेका थिए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका वरिष्ठ राजयोग प्रशिक्षक रामसिंह ऐरले सकारात्मक सोच, सुशासन एवं सिर्जनात्मक जीवन शैलीबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रशिक्षक तथा उत्प्रेरक ब्रह्माकुमार राजु घलेले प्रस्तुति दिँदै दुःख पीडाको कारक आफै भएकाले समाधान पनि आफै भएको स्पष्ट पारे । उनले शान्ति, खुशी आनन्दलाई भन्दा मानिसहरु धनलाई महत्व दिन कारण पनि सुसंस्कार आवश्यक रहेको बताए ।

देशबासीको सोंच बिग्रिएको र सुसंस्कारको आवश्यकता औंल्याउँदै उनले ‘इलेक्सन’बाट आएकाहरु क्षणिक समयका लागि काम गर्ने र ‘सेलेक्सन’बाट आएकाहरुले जनताको सेवा लामो समय गर्ने भएकाले सकारात्मक सोंचका साथ जनसेवा गर्न कर्मचारीहरुर्लाइ सुझाव दिए ।

कार्यक्रममा जिल्ला अदालत ललितपुरका न्यायाधीश ऋषिराम आचार्यले प्रशिक्षणबाट आफूहरुमा सकारात्मक सोंचको अभिवृद्धि भएको भन्दै कर्मचारीहरुको सेवा प्रवाहमा यस किसिमको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र ललितपुरले कर्मचारीहरुसँगको सहकार्यमा यस किसिमको कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्दै आएको छ ।

वर्तमान समयमा बढ्दो मानसिक तनाव व्यवस्थापनका लागि सेवा केन्द्रले राजयोग साधनाद्वारा प्रशिक्षण प्रदान गर्दै आएको छ ।

मनोविकारका कारण दुःख र पीडा दिने मनुष्य आत्मालाई पवित्रता, राजयोगको अभ्यास र दिव्य गुणद्वारा श्रृंगार गर्ने अविभारा सेवा केन्द्रले लिँदै आएको छ ।

बह्माकुमारी राजयोग सेवा केन्द्रले विगत ५० वर्षदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । सेवा केन्द्रहरुबाट नेपालभर ५० हजार भन्दा बढी आत्माले राजयोगको शिक्षा प्राप्त गरेर आफ्नो जीवन सफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group