ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलिया पक्राउ


एबीसी न्यूज
२५ बैशाख २०८१, मंगलबार   १ : ०२   बजे

काठमाडौं २५ बैशाख । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जना बिचौलियालाई पक्राउ गरिएको छ ।

कोहलपुरको नापी र मालपोत कार्यालयमा बिचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो प्राप्त भएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा गएको सुरक्षा निकायसहितको टोलीले नापी र मालपोत कार्यालयको अनुगमन गर्दा ६ जना बिचौलियालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँले कार्यालयभित्र केही व्यक्तिहरुले सेवाग्राहीबाट रकम लिएर बिचौलियाको काम गरिरहेको सूचना प्राप्त भएपछि छड्के अनुगमन गरेर उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेकामध्ये तीन जना वकिल, एक जना कोहलपुर नगरपालिकाका करार कर्मचारी र दुई जना सेवाग्राही रहेको पाइएको प्रहरीले जनाएको छ । सेवाग्राहीलाई भने सामान्य सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कोहलपुरस्थित नापी र मालपोतका बारेमा धेरै पटक विभिन्न गुनासा प्राप्त भएकोले छड्के गरिएको बताउनुभयो । उहाँले बिचौलिया पक्राउ परेपछि सर्वसाधारणका गुनासा सही रहेको पुष्टि भएको बताउनुभयो ।

बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा रहेको नापी, मालपोत र यातायात जस्ता कार्यालयहरुमा पनि बिचौलियाको बिगबिगी रहेको आम नागरिकको गुनासो छ ।

ती कार्यालयमा पनि बेला बेलामा छड्के अनुगमन आवश्यक रहेको नागरिक समाजका अगुवा तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu