ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भीमदत्त राजमार्ग अवरुद्ध


एबीसी न्यूज
२५ बैशाख २०८१, मंगलबार   २ : ०८   बजे

काठमाडौं २५ बैशाख । भीमदत्त पन्त राजमार्गअन्तर्गत गैरा सडकखण्ड अवरुद्ध गरिएको छ । बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि जोरायल गाउँपालिका–१ गैरा बजारमा चक्काजाम गरिएको हो ।

स्थानीयको चक्काजामपछि तराईका कैलाली, कञ्चनपुर जिल्लासँग जोड्ने सात पहाडी जिल्लाको यातायात सेवा प्रभावित भएको छ । तराईबाट पहाड आवतजावत गर्ने डडेलधुरा, डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडी गरी सात पहाडी जिल्लाका यात्रुहरू जाममा पर्नुभएको छ ।

सोमबार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बसको ठक्करबाट आलिताल गाउँपालिका–१ थक्लाडीका पूर्णबहादुर ऐरको मृत्यु भएको थियो । उहाँ सवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४६७ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ऐरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँ आलिताल गाउँपालिकाका – १ का पूर्व वडाध्यक्ष हुनुहुन्छ ।

बसले ठक्कर दिएर फरार रहेकाले आफूहरूले बाध्यतावश चक्काजाम गर्नु परेको मृतकका आफन्तले बताउनु भएको छ । घटनाको कानुनी समाधान खोज्नुको सट्टा चालक फरार भएपछि चक्काजाम गर्नु परेको स्थानीय सोपानसिंह खड्काले बताउनुभयो ।

सोमबार साँझ २ घण्टा चक्काजाम गरेका स्थानीयले चालक सम्पर्कमा नआएपछि मङ्गलबार बिहान ८ बजेदेखि अनिश्चितकालका लागि चक्काजाम गर्नुभएको हो । दोषीलाई कानुनी दायरामा नल्याएसम्म चक्काजाम जारी रहने पीडित पक्षको अडान छ । एम्बुलेन्स लगायत अत्यावश्यक सवारी बाहेकका अन्य सवारीसाधन चल्न बन्द गरिएको सङ्घर्ष समितिका संयोजक प्रकाश बोहोराले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu