ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान


एबीसी न्यूज
२७ बैशाख २०८१, बिहिबार   ८ : ५३   बजे

काठमाडौं २७ बैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । बुधबार राति ढिलागरी प्रदेश प्रमुखको कार्यालयबाट सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न सूचना जारी गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचनामा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न आह्वान गरिएको छ । सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गर्नुभएको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्न कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।’

सरकारमा सहभागी भएको दल नेकपा ९माओवादी केन्द्र० सरकारबाट बाहिरिँदै गत चैत २६ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । सोही दिन नेकपा ९एमाले० ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भए पनि वैशाख २६ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि बुधबार एमाले र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयको पत्रसहित प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।

प्रदेशसभा सचिवालयले संविधानको धारा १८८ ९२० बमोजिम मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश नगरेको भन्ने व्यहोराको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत लिए नलिएको जानकारी गराउन निवेदन दिएपछि प्रदेशसभा सचिवालयले उक्त पत्र उपलब्ध गराउँदै प्रदेश प्रमुखको कार्यालयलाई बोधार्थ दिएको थियो । सोही पत्रका आधारमा प्रदेश प्रमुख खापुङले राति नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखबाट दाबी पेश गर्न आह्वान भएपछि एमाले र माओवादी केन्द्रका तर्फबाट बिहीबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्ने तयारी गरेका छन् । त्यसका लागि बिहीबार बिहान ११ बजे सबै सांसदहरुलाई प्रदेशसभा सचिवालयमा उपस्थित हुन निर्देशन दिइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

बिहीबार दाबी पेश भएपछि सोही दिन सांसदहरुको हस्ताक्षर सनाखत हुने प्रमुख सचेतक भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सांसदहरुको सनाखतपछि बिहीबार नै नयाँ मुख्यमन्त्री नियुक्त हुने सम्भावना रहेको छ ।

त्यसअघि बसेको मन्त्रिपरिषदको बैठकले गत चैत २६ गतेका दिन आउँदो जेठ ११ गते बस्ने गरी प्रदेशसभाको अधिवेशन बोलाउन यसअघि गरेको सिफारिस कार्यान्वयन नभएको भन्दै पुनःस्मरण गराउने निर्णय गरेको थियो । लगतै मुख्यमन्त्री र मन्त्रीहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख खापुङलाई मन्त्रीपरिषदको निर्णय हस्तान्तरण गर्नुभएको थियो ।

मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा गत असोज २७ गते संविधानको धारा १६८ ९५० बमोजिम गठन भएको सरकारले संविधान बमोजिम संसदबाट विश्वासको मत प्राप्त गरेको भए पनि ५२ जना सांसदहरुले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । त्यसपछि वैशाख ७ गते विपक्षी सांसदहरुको तर्फबाट प्रदेश सभा बैठकमा पेश भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको जानकारी प्रदेशसभा सचिवालयबाट भएको विषयसमेत नोटिसमा लिएको उल्लेख गरेर प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि दाबी प्रस्तुत गर्न सूचना आह्वान गरेको छ ।

कोशी प्रदेशमा एमालेको ४० र माओवादी केन्द्रको १३ सांसदले नयाँ सरकार गठन गर्न दाबी प्रस्तुत गर्दै हस्ताक्षर बुझाउने तयारी गरिरहनुभएको छ । कुल ९३ सांसद रहेको कोशी प्रदेशसभामा सरकार गठन गर्न ४७ जना सांसद आवश्यक पर्छ । संघीय सरकारमा सहभागी भएका दलहरु नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका सांसदहरु भने अहिलेसम्म सहभागी हुनुभएको छैन । एकीकृत समाजवादी मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा सहभागी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group