ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गर्मीयाममा नेपालगन्जको माग धान्न ४० मेगावाट विद्युत आवश्यक


एबीसी न्यूज
२७ बैशाख २०८१, बिहिबार   १ : ४८   बजे

काठमाडौं २७ बैशाख । देशकै अत्यधिक गर्मी हुने ठाउँ मध्येको एक नेपालगन्जमा गर्मीयाममा ४० मेगावाट विद्युत आवश्यक हुने गरेको छ । ४० मेगावाट विद्युत आवश्यक रहेपनि हाल ३० देखि ३२ मेगावाट विद्युतले नेपालगन्जको माग मुश्किलले धानिरहेको छ ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमार्फत् हाल ३० देखि ३२ मेगावाट विद्युत वितरण भइरहेको वितरण केन्द्रका सहायक प्रवन्धक ई।जगन्नाथ लामिछानेले जानकारी दिनुभयो । उहाँले गर्मीयाममा नेपालगन्ज वितरण केन्द्रमार्फत् वितरण हुने विद्युतको माग ४० मेगावाट रहेको बताउनुभयो ।

“नेपालगन्जलाई गर्मी सिजनमा ४० मेगावाट विद्युत आवश्यक रहेको छ, हामीसँग अहिले प्राप्त ३० देखि ३२ मेगावाट विद्युत वितरण गरिरहेका छौं ।,” ईन्जिनियर लामिछानेले भन्नुभयो, “यति विद्युतले नेपालगन्जको सम्पूर्ण माग पूरा गर्न सकेको छैन, मागअनुसारको विद्युत वितरण गर्नका लागि हामी लागिरहेका छौं ।”

कोहलपुर सवस्टेशनबाट राष्ट्रिय प्रसारणको विद्युत नेपालन्ज ल्याउने कार्य अहिले भइरहेको भन्दै उहाँले अबको केही दिनमा नेपालगन्जमा विद्युतको समस्या समाधान हुने बताउनुभयो । “कोहलपुर सवस्टेशनबाट राष्ट्रिय प्रसारणको थप विद्युत ल्याउने काममा जुटेका छौं, कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारण लाइन ९नयाँ लाइन० निर्माण गरिरहेका छौं, यस प्रसारण लाइनबाट अधिक्तम १५ मेगावाटसम्म विद्युत नेपालगन्ज पुग्नेछ ।,” उहाँले भन्नुभयो, “केही दिनभित्र यो काम सक्ने लक्ष्य लिएका छौं, काम सम्पन्न हुने वित्तिकै थप विद्युत प्राप्त हुने र नेपालगन्जको विद्युत समस्या समाधान गर्ने प्रयास गर्नेछौं ।”

गत वर्षसम्म नेपालगन्जका लागि भारतीय प्रसारण लाइनबाट विद्युत ल्याइने गरेतापनि यस वर्षबाट भने नेपालकै विद्युत नेपालगन्जमा वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । नेपालको विद्युत प्रसारणमा केही समस्या आएमा मात्र आवश्यकताका आधारमा भारतबाट विद्युत लिन सकिने उहाँले बताउनुभयो ।

हाल कोहलपुरबाट नेपालको राष्ट्रिय प्रसारण लाइनमार्फत् कोहलपुर–नेपालगन्ज ३३ केभी डबल सर्किटमार्फत् करिब ३०–३२ मेगावाट विद्युत नेपालगन्जमा आपूर्ति भइरहेको सहायक प्रवन्धक लामिछानेले जानकारी दिनुभयो । नेपालगन्जको विद्युत मागलाई ध्यानमा राख्दै वितरण कार्यलाई थप मजबुद बनाउन हिउँदको समय देखिनै नेपालगन्जभित्र विभिन्न क्षमताका ५५ वटा नयाँ ट्रान्सफर्मर जडान गरिएको उहाँले बताउनुभयो ।

जाडोयाममाभन्दा गर्मीयाममा नेपालगन्जमा चार गुणा बढी विद्युतको माग हुने गरेको उहाँले बताउनुभयो । “जाडो सिजनमाभन्दा गर्मीमा नेपालगन्जमा चार गुणा बढी विद्युतको माग हुन्छ, जाडो सिजनमा करिब १० मेगावाटले पुग्ने विद्युत गर्मीयाममा करिब ४० मेगावाट विद्युत चाहिन्छ ।,” उहाँले भन्नुभयो, “वैशाख महिनादेखि नै विद्युत खपत बढ्ने गरेपनि बढी गरेर जेठ र भदौ महिनामा अत्यधिक विद्युत माग हुन्छ ।”

नेपालगन्ज वितरण केन्द्रमार्फत् तीन वटा सवस्टेशन राखी विद्युत वितरण गरिरहेको ई। लामिछानेले जानकारी दिनुभयो । “हाम्रो केन्द्रमार्फत् तीन वटा सवस्टेशन राखेका छौं, दुई वटा नेपालगन्जमै र एउटा राप्तीपारी राप्तीसोनारीको धामपुरमा छ ।,” उहाँले भन्नुभयो, “तीन वटा सवस्टेशनका १७ वटा फिडरमार्फत् ११ केभी विद्युत प्रसारण लाइनबाट विद्युत वितरण गरिरहेका छौं ।”

केही दिनदेखि नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या आएको र विद्युत लामो समयसम्म काटिने गरेको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् । साँझको समयमा लामो समयसम्म विद्युत आपूर्ति नहुने समस्या यहाँबाट नभइ राष्ट्रिय प्रसारण लाइनबाटै सिस्टम गएका कारण हुने गरेको ई। लामिछानेको भनाइ छ ।

“एक दुई दिनदेखि साँझको समयमा करिब एक घण्टा विद्युत अवरुद्ध हुने गरेको छ, त्यो समस्या यहाँबाट नभइ राष्ट्रिय प्रसारण लाइनमै सिस्टम गएका कारण हुने गरेको हो ।” उहाँले भन्नुभयो, “सिस्टम गएको लाइनलाई पुनः रिस्टोर गर्न करिब एक घण्टाको समय लाग्ने गर्दछ ।”

हाल विस्तार भइरहेको कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारणको नयाँ लाइनको काम सम्पन्न भइसकेपछि त्यहाँबाट आउने १५ मेगावाट विद्युत थप भएपछि गर्मीयाममा हुने नेपालगन्जको विद्युतको मागलाई सम्बोधन गर्न सकिने ई। लामिछानेको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group