ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेविरुद्धको मुद्दाको भारी रास्वपाले बोक्नु हुँदैन- केन्द्रीय सदस्य कार्की


एबीसी न्यूज
२७ बैशाख २०८१, बिहिबार   ४ : ४४   बजे

काठमाडौं २७ बैशाख । रास्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले रवि लामिछानेविरुद्धको मुद्दाको भारी पार्टीले बोक्न नहुने बताएका छन् । व्यक्तिगत रूपमा लामिछानेसँग जोडिएका मुद्दामा रास्वपालाई जोड्न नहुने कार्कीको भनाइ छ ।

रवि लामिछानेविरुद्धको मुद्दाको भारी रास्वपाले बोक्नु हुँदैन स् केन्द्रीय सदस्य कार्की सहकारीको बचत रकम हिनामिनामा लामिछानेको संलग्नता रहेको र संसदीय छानबिनको माग भइरहेको बेला रास्वपा केन्द्रीय सदस्य कार्कीको उक्त धारणा सार्वजनिक भएको हो ।

रास्वपाले पार्टी सभापति रवि लामिछाने र व्यक्ति रवि लामिछानेलाई छुट्याएर हेर्नुपर्ने कार्कीको भनाइ छ । न्यूज एजेन्सी नेपालले सोधेको रवि लामिछानेविरुद्धको मुद्दाको भारी पार्टीले बोक्छ त रुु भन्ने प्रश्नको जवाफमा कार्कीले भनेका छन्, बिल्कुलै बोक्दैन । बोक्नु पनि हुँदैन । यहाँ हाम्रो गल्ती भएको छ । हामीले दुई वटा रवि लामिछाने छुट्टयाउन अप्ठ्यारो मानिरहेका छौँ । व्यक्तिगत रूपमा रवि लामिछानेसँग जोडिएका मुद्दामा पार्टी जोडिन हुँदैनथ्यो । जे–जे व्यहोर्नुपर्ने व्यक्तिगत रूपमा रविजीले व्यहोर्नु हुन्थ्यो ।

सहकारीको बचत रकम हिनामिनाको आरोप लागेको रवि लामिछाने र पार्टी सभापति रवि लामिछाने फरक–फरक रहेको कार्कीको जिकिर थियो । ुमेरो विचारमा विपक्षीले संसद् रोकेर संसदीय छानबिन गर्नुपर्छ भन्यो भने बनाउनु पर्छ भन्ने हो । तर, यहाँ समस्या देखियो, यो दुःखद् छ । मुद्दाहरू सवालहरू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको विरुद्ध होइन । यो रास्वपा गठन हुनुपूर्व रवि लामिछानेको विरुद्धको मुद्दा हो,उनले भने, सभापति रवि लामिछाने र एउटा मिडिया चलाउने रवि लामिछाने अलगअलग हुन् ।

लामिछाने संलग्न भनिएको सहकारीको बचत रकम ठगीमा संसदीय छानबिन समिति बनाउन सकिने पनि केन्द्रीय सदस्य कार्कीको भनाइ छ । उनले भनेका छन्, छानबिन समिति बनाउन सकिन्छ । म मेरो सभापति सबै आरोपबाट मुक्त हुनुहुन्छ भन्ने अपेक्षा राख्दछु । हामीले छानबिन समिति माग गर्ने सबैलाई विरोधीको नजरले हेर्न हुँदैन । छानबिन समितिलाई नै पार लगाउने भन्दा पनि प्रश्नहरूको जवाफ दिएर निमिट्यान्न पार्नेतर्फ सोच्नुपर्छ ।

संसद्मा लामिछाने सहकारी रकम ठगीमा संलग्न रहेको भनेर प्रतिपक्ष कांग्रेस यसअघि नै अवरोध गरेको थियो । आगामी दिनमा पनि अवरोध गर्न घोषणा गरेको अवस्थामा संसद् खुला राख्नुपर्छ भन्ने रास्वपाको मत रहेको कार्कीले बताए । ुहाम्रो कारणले संसद् अवरुद्ध हुने विषयमा दुःख व्यक्त गर्दछौं । संसदीय छानबिन समिति बनाउने र बनाउन नदिनेबारे स्पष्ट धारणा हुनुपर्छ । संसदीय समिति व्यक्ति विशेषको लागि भन्दा पनि समग्र समस्याको निकास खोजिने गरी समिति बनाउन हामी तयार छौँ, कार्कीले भने ।

वरपर रहेका व्यक्तिहरूले नै सभापति लामिछानेलाई भ्रममा पारिरहेको कार्कीको भनाइ थियो । रास्वपालाई एउटा माला बनाउने कडी नै रवि लामिछाने हुन् । अरु कोही होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको मालाको धागो रवि लामिछाने नै हुन् । तर, माला भनेको धागो मात्र हो, त्यसमा उनिएको फूल केही होइन भन्न थालिएको छ । रविजीको वरपर घुम्नेले धागो भनेकै माला, माला भनेको धागो भनेर सुनाउँछन् । पार्टी सभापतिलाइ नै भ्रममा पारिएको छ, कार्कीले भने, अहिले हाम्रो पार्टी सभापति सरकारमा गएकै कारणले समस्या परिरहेको छ । पार्टी भनेकै रवि लामिछाने भन्ने भ्रम फैलाइएको छ । धागोले म मात्रै हो माला भनेर देखिएको अवस्था छ । पार्टीमा बढी क्षति रवि लामिछानेजी सरकारमा गएको कारणले भएको छ ।

कार्कीले सरकारबाट रास्वपा जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने तर्क गरेका छन् । उनले पुराना पार्टीलाई अंगालो हाल्न थालेपछि रास्वपाको मिसन ०८४ ले हावा खाइसकेको बताए । पार्टीमा यस्तै अवस्था रहने हो भने पार्टीको औचित्य सकिने पनि उनको भनाइ छ । ुहामी सरकारमा मिसन ०८४ कै आधारमा जान खोजेको हो, गएको पनि हो । तर अर्कैको मिसन ०८४ को लागि पुग्यौं । हामीले नो नट एगेन भनेको ओलीलाई अँगालो मारेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा, खायो, कार्कीले भने, हामीलाई यसले मिसन ०८४ मा ठूलो क्षति गर्छ । यो निर्णयले कसैलाई पनि खुसी दिएको छैन । सरकारमा रास्वपा सहभागी हुनु नै गलत भएको कार्कीको भनाइ छ । जनताहरूले नयाँ र पुरानाको फरक छुट्याउन नसकेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group