ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा, स्वास्थ्य र रोजगारीमा मुस्लिम महिलाको पहुँच बढाउनुपर्छ : अध्यक्ष अन्सारी


एबीसी न्यूज
२८ बैशाख २०८१, शुक्रबार   १२ : ४२   बजे

काठमाडौं २८ बैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा मुस्लिम महिलाको पहुँच बढाउँदै लैजानु पर्ने आवश्यकता औंल्याउनु भएको छ । त्यसका लागि समुदायमा शिक्षा र जनचेतना आवश्यक रहेकोले सोतर्फ विशेष ध्यान दिन उहाँले अनुरोध गर्नुभयो ।

मुस्लिम आयोगद्वारा नेपालगन्जमा आयोजना गरिएको मुस्लिम महिलाहरूको सशक्तिकरण विषयक कार्यक्रममा बोल्दै अध्यक्ष मियाँले आयोग गठनपछि मुस्लिम समुदायको हक हितको संरक्षण संवर्द्धन तथा सशक्तीकरणको क्षेत्रमा धेरै काम गरेको बताउनुभयो । उहाँले मुस्लिम महिलाहरूलाई समाजमा अझैपनि समान रुपमा अगाडी जाने अवसर सहज रुपमा प्राप्त नभइरहेको जनाउँदै महिलालाई इस्लामले उच्च स्थान दिएको हुँदा महिलाहरूलाई अवसरबाट वञ्चित गर्न नहुने धारण राख्नुभयो ।

संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता, समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशिल र अनुशासित नेतृत्वको आवश्यकता रहेको आयोगका अध्यक्ष अन्सारीको भनाइ छ । महिला सशक्तीकरणका लागि अन्तर्राष्ट्रियदेखि राष्ट्रिय स्तरसम्म धेरै प्रयास भएको उल्लेख गर्दै उहाँले समाज अझैपनि पुरुष प्रधान नै रहँदा महिलाले बराबरीको अधिकार पाउन नसकेको जिकिर गर्नुभयो ।

घरको चुलोचौकामा मात्रै महिलालाई सीमित राख्न खोज्दा महिलाहरुले अधिकारबाट बञ्चित हुनुपरेको धारण अध्यक्ष अन्सारीको थियो । उहाँले थप्नुभयो, ूबच्चा जन्माउने, हुर्काउने, चुलोचौका, मेलापात, भारी बोक्ने, खेतबारीमा काम गर्ने र माछा मार्ने कार्यमा मात्रै महिलालाई सीमित गर्न खोजिएको छ, महिलालाई घरको चार दिवारीमा राख्ने कार्यले बराबरीको हक कायम हुँदैन ।ू

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले कार्यक्रमको सहजीकरण गर्दै विशेष गरि मुस्लिम महिलालाई राजनीति, सामाजिक र आर्थिक क्षेत्रमा संलग्न गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने कुरा देखाउनका लागि महिलाले पनि अधिकारका लागि अघि सर्नुपर्ने जिकिर गर्नुभयो । हिजो दाउरामा खाना पकाउने महिलाहरू ग्यास हुँदै इन्डक्सनमा पकाउन थालेको बताउँदै उहाँले यसले लैङ्गिक भूमिका, शक्ति सम्बन्धमा खासै परिवर्तन ल्याउन नसकेको र यसले जागिरे वा कामकाजी महिलामा अझ कार्यबोझ थपिएको मानवअधिकार आयोगका पुर्व सदस्य अन्सारीको भनाइ छ ।

ठुलो संख्यामा बाँकेका अगुवा मुस्लिम महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा मुस्लिम आयोगका सदस्यहरु शम्सुल हक, महमदिन अली, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि मुस्लिम महिलाहरुले सो अवसरमा मुस्लिम आयोग समक्ष मुस्लिम समुदायको हक अधिकारसंग सम्बन्धित विभिन्न जिज्ञासाहरु पनि राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group