काठमाडौ २८ बैशाख । १० जना नेपालीलाई केन्यामा ९ महिनासम्म बन्धक बनाएर राखिएको प्रहरीले बताएको छ । अवैध बाटोबाट अमेरिका हिँडेका उनीहरुलाइ केन्यामा बन्धक बनाइएको हो । एसएसपी सानुराम भट्टराईको अनसुार पीडितबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्याइ बन्धक बनाइएको थियो । बन्धक बनेका उनीहरु नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको बताइएको छ ।
गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको छ ।पक्राउ पर्नेम सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली १ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका १ की १९ वर्षीया नीमा शेर्पा रहेका छन् ।त्यसपछि पीडितहरु नेपालबाट पैसा मगाएर स्वदेश फर्किएका हुन्’, उनले भने ।प्रहरीले पक्राउ परेको गिरोहले अझै पनि १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्