ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीको अनुसन्धान अवरोध गर्न सरकारले संवैधानिक निकायको प्रयोग गर्‍यो- कांग्रेस


एबीसी न्यूज
२८ बैशाख २०८१, शुक्रबार   १ : ४८   बजे

काठमाडौं २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपलचन भएको विषयमा सहकारी अपलचनबारे अनुसन्धान गर्ने संवैधानिक निकायलाई समेत सरकारले प्रयोग गरेको आरोप लगाएको छ।

शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले अनुसन्धान अवरोध गर्नका लागि सरकारले संवैधानिक निकायसमेतलाई प्रयोग गरेको बताए।

‘संवैधानिक निकाय समेतलाई सहकारीको रकम अपलचन गर्ने विषयमा अनुसन्धान अवरोध गर्नका लागि सरकारले प्रयोग गरेको छ,’ उनले भने, ‘देशमा कानुन व्यवस्था बनाउनका लागि, कुनैपनि अपराधजन्य काममा निष्पक्ष छानबिन गराउने, त्यसको आधारमा अदालतमा मुद्दा अभियोजन गर्ने निकायलाई सरकारले जुन प्रयोग गरेको छ, राजनीतिक अभिष्ट पूरा गर्नका लागि।’

साथै, उनले यस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको पनि बताए।

‘संवैधानिक निकायसमेतको दुरुपयोग गरेको छ, हाम्रो बैठकले यो कामको निन्दा गरेको छ,’ उनले भने।

आजको बैठकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको हिनामिनामा संलग्न भएको पर्याप्त प्रमाण देखिइसकेको पनि दाबी गरे।

‘उपप्रधान एवं गृहमन्त्री माननीय रवि लामिछानेजीको समेत संलग्नता भएको पनि तमाम पर्याप्त तथ्य र प्रमाण देखिइसकेका छन्,’ लेखकले भने, ‘ माननीयजीको पनि संलग्नता देखिएको हुनाले यो छानबिन स्वतन्त्र होस् भन्ने सुनिश्चितताका लागि हामीले संसदीय समिति माग गरेका थियौँ। अहिले पछिल्लो समय देखिएका तथ्यले जुन समितिको माग गरेका थियौँ, त्यो पुनःपुष्टि भएको छ।’

हामीले सहकारीको विषयमा प्रमुख विपक्षी दल लगायत दलले पटक पटक कुरा उठाउँदा पनि सरकार संवेदनशील हुन नसकेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group