ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिका सल्लाहकार नेपालको अभिव्यक्तिमाथि संसद्‌मा उठ्यो प्रश्न


एबीसी न्यूज
२८ बैशाख २०८१, शुक्रबार   ३ : ३८   बजे

काठमाडौं २८ बैशाख । राष्ट्रिय सभामा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिमाथि प्रश्न उठेको छ ।

शुक्रबार बसेको बैठकमा नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् । उनले भने, ‘नेपालको नोटमा नेपालको नक्सा छाप्दा टाउको दुखाइ किन ?

यस्तो विषयमा राष्ट्रपतिका सल्लाहकारले नकारात्मक अभिव्यक्ति दिनु गम्भीर विषय भएको उनले बताए ।

‘राष्ट्रपतिका विज्ञ सदस्यज्यूले नोटमा नयाँ नक्सा राख्दा अर्को देशलाई चिढ्याउने कुरा भयो भनेर प्रतिक्रिया दिनुभयो भन्ने सुनें’ सांसद दाहालले थपे, ‘हाम्रो देशको नोटमा हाम्रो देशको नक्सा छाप्दा अर्को देश चिढिनुपर्ने कारण के थियो रु उहाँले कुन आशयबाट त्यो भन्नुभएको हो रु’

 

सांसद दाहालले राष्ट्रपतिलाई नै कस्तो विज्ञ सदस्य राखेको भनेर प्रश्न गरे । ‘म राष्ट्रपति कार्यालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कस्ता विज्ञ सदस्य राष्ट्रपतिले राख्नुभएको हो,’ सांसद दाहालले भने ।

वैशाख २१ गते बसेको मन्त्रिपरिषदको बैठकले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको थियो ।

नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको छ । यी क्षेत्र समेटिएको नक्सा नोटमा राख्ने निर्णय सार्वजनिक भएपछि राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार नेपालले एउटा अनलाइनलाई प्रतिक्रिया दिंदै सरकारको निर्णय अपरिपक्क रहेको प्रतिक्रिया दिएका थिए । त्यसपछि उनको प्रतिक्रिया विवादमा परेको छ ।

राष्ट्रपतिका सल्लाहकार नेपालको प्रतिक्रियाको विरोध गर्दै नागरिक अगुवाहरूले समेत वक्तव्य निकालेका छन् ।

पूर्वमन्त्री एवं भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल र पत्रकार र लेखक कनकमणि दीक्षितले गत बुधबार वक्तव्य निकालेर राष्ट्रपतिका सल्लाहकार नेपालको अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखको पनि अपमान भएको बताएका थिए ।

शुक्रबारबाट संघीय संसद्को बर्खे अधिवेशन सुरु भएको छ । अधिवेशन सुरु भएकै दिन राष्ट्रिय सभामा समेत राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार नेपालको अभिव्यक्तिमाथि प्रश्न उठेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group