काठमाडौं २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले संसदीय छानबिन समिति बनाउन किन डराएकोरु भन्दै प्रश्न गरेका छन्।
शुक्रबार संसद्को बजेट अधिवेशनको सुरुवातमा समय लिएर बोल्दै थापाले कहिले प्रधानमन्त्री र कहिले प्रहरीलाई बोल्न लगाएर गृहमन्त्री रवि लामिछाने डराएको बताए।
‘सहकारीको ठगीका सन्दर्भमा यो संसद्ले छानबिन समिति बनाओस्। यो समिति बनाउँदै गर्दा त्यसबाट सबै दलहरू बस्ने होला, ढिकिजाँतो तपाईंहरूकै हातमा होला,’ उनले भने, ‘समिति बनाइदिए हुन्थ्यो भन्ने लाग्छ, किन डराएकोरु किन भागेकोरु कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोलाएको छ। किन डराएको ? किन आत्तिएको?
उनले छानबिन समिति बनाएर अघि बढ्दा आफूहरू हेरेर बस्ने पनि बताए।
प्रतिक्रिया दिनुहोस्