ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलको सदस्यता त्याग्न शिक्षक र कर्मचारीलाई निर्देशन


एबीसी न्यूज
३० बैशाख २०८१, आइतबार   ११ : ३२   बजे

काठमाडौं ३० बैशाख । कपुरकोट गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक सूचना निकालेर सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको हो ।

कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार ओलीले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न आह्वान गरिएको बताउनुभयो । उहाँका अनुसार १५ दिनभित्र सदस्यता त्यागेको स्वघोषणा नगरे राजनीतिक दलको सदस्यता लिएको प्रमाण भेटिए कानुन बमोजिम कारबाही हुने गरिनेछ ।

गाउँपालिकाको गत वैशाख २४ गते बसको शिक्षा समितिको बैठकले शिक्षा तथा सेवा प्रवाहलाई मर्यादित बनाउन शिक्षक तथा कर्मचारीले १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्यागेको घोषणा गर्नुपर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार १५ दिन भित्र सदस्यता त्याग नगरे र कसैले प्रमाण सहित उजुरी गरे कारबाही गरिनेछ ।

यसअघि शिक्षा मन्त्रालयले शिक्षकले कुनै पनि दलको सदस्यता लिन नपाउने कानुन कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गर्दै सबै शिक्षकलाई दलको सदस्यता लिएको भए त्याग्न निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu