ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई


एबीसी न्यूज
३० बैशाख २०८१, आइतबार   १ : ५०   बजे

काठमाडौं ३० बैशाख । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।

नवलपरासी ९बर्दघाट सुस्तापूर्व ० नवलपुरको कावासोतीमा आज आयोजित ‘नेपालको अर्थतन्त्रमा वर्तमान परिदृष्य र अबको यात्रा’ विषयक अन्तरसंवादमा डा भट्टराईले अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता र त्यसका लागि राजनीतिक संरचनामा परिवर्तन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो,“अर्थतन्त्रको अवस्था सुधारर्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ । त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन । अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन । त्यसकारण देश विकासका लागि राजनीतिक संरचना बदल्न आवश्यक छ ।”

अहिलेको व्यवस्थामा छरछ महिनामा सरकार फेरिने र विकासको कुनै प्राथमिकता नहुने हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्ने उहाँको भनाइ छ ।

“सरकार छरछ महिनामा फेरिएका छन् । त्यसले प्राथमिक विषयमा पनि काम गर्न सकिएको छैन । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद हुनेगरी सुधार आवश्यक छ”, डा भट्टराईको भनाइ थियो ।

यस्तै, भ्रष्ट्राचार नियन्त्रणका लागि संसदप्रति उत्तरदायी हुने अधिकार सम्पन्न जनलोकपाल निर्माण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu