ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

०८४ को निर्वाचनलाई समाजवादी अभियान बनाउँछौँ : विप्लव


एबीसी न्यूज
३० बैशाख २०८१, आइतबार   २ : ०५   बजे

काठमाडौं ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लवले ०८४ मा हुने संसदीय निर्वाचनलाई समाजवादी अभियानका रुपमा अघि बढाउनुपर्ने तर्क पेस गरेका छन्।  उनले सांसद र मन्त्रीका लागि मात्रै आफूहरूले चुनावको कुरा नगरेको दाबी गरेका छन्।

‘आधारभुत कुरा एउटै फरक छ र त्यो महत्त्वपूर्ण कुरा हो। सांसद र मन्त्रीको लागि मात्रै हामीले ०८४ को चुनावको कुरा गरेका छैनौँ,’ उनले भनेका छन्, ‘०८४ को चुनावलाई समाजवादी अभियानका रुपमा लिएर जानुपर्छ।’

 

पछिल्ला वर्षहरूमा दलाल पुँजिपतिहरूको मुठ्ठीमा पर्दै गएको जिकिर गर्दै उनले सत्ताको चरित्र नै बदल्नुपर्ने पनि बताएका छन्। जसलाई उनले समाजवादको रुपमा अर्थ्याएका छन्।

‘नेपालमा १८ वर्षको प्रयोगलाई दलाल पुँजिवादी सत्ता भनेका छौँ, जनताको हातमा सत्ता आउन सकेको छैन र सत्ता दलाल पुँजिपतिहरुको मुठ्ठीमा पर्दै गएको छ। त्यसलाई रुपान्तरण नगरेसम्म हुँदैन,’ उनले भने, ‘चाहे नयाँ पार्टीलाई दिनुस् या अर्को पार्टीलाई दिनुस् आधारभुत रुपमा यो सत्ताको चरित्रलाई बदल्नुपर्छ र त्यो भनेको समाजवाद हो। त्यसैले समाजवादमा जाने अभियानको रुपमा चुनावलाई प्रयोग गर्ने हो।’

उनले ०८४ को चुनावलाई प्रयोग गर्नुपर्ने पनि बताएका छन्।

‘क्रान्तिको समग्र मोर्चाभित्र चुनाव पनि एउटा हो। २१ औं शताब्दीका विशेषता अनुसार आउँदो ०८४ को चुनावलाई प्रयोग गर्नुपर्छ। त्यसपछि के हुन्छ हेर्दै जानुपर्छ। ०८४ कै चुनाव हुन्छ कि हुँदैन ठेगान छैन नेपालमा,’ विप्लवले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu