ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिंदै, कांग्रेसले बहिष्कार गर्ने


एबीसी न्यूज
३० बैशाख २०८१, आइतबार   २ : ११   बजे

काठमाडौं ३० बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्री कार्कीले गरेका हुन् । जसका लागि उनले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठक भने नेपाली कांग्रेसले बहिस्कार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिष्कार गर्ने बताएको हो ।

काठमाडौंमा कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले विश्वासको मत प्रक्रियालाई बहिस्कार गर्न निर्देशन दिएको निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बताए । उक्त बैठकमा निवर्तमान मुख्यमन्त्री केदार कार्की र प्रदेश संसदीय दलका नेता उद्धव थापाले कोशीको अवस्थाबारे नेताहरुलाई जानकारी गराएका थिए ।

कोशीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठक सोमबार विहान ८ बजे बस्दैछ । दलको बैठकले प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप निर्णय गर्र्ने नेपाली कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोजमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकालेर २६ वैशाखमा नयाँ सरकार गठन आह्वान गरेका थिए ।

२७ वैशाखमा कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको समर्थन पेश गरेपछि त्यसै दिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसै दिन मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक(एक नेतालाई मन्त्रिपरिषदमा सहभागी गराइसकेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उनको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group