ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता


एबीसी न्यूज
३ जेष्ठ २०८१, बिहिबार   ४ : ०७   बजे

काठमाडौं ३ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका हुन् । रूस युक्रेन युद्धयता रूस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो ।

रुसको राष्ट्रपतिमा पाचौं कार्यकालका लागि चयन भएसँगै उनको सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण चीनमा गरेका हुन् ।

दुई दिने औपचारिक भ्रमणका लागि बेइजिङ उत्रिनुअघि उनले चिनियाँ सञ्चार माध्यसँग कुराकानी गरेका थिए ।

सिन्ह्वासँगको कुराकानीमा पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको बताएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।

युद्धमा संलग्न सबै राष्ट्रहरुको हित हुनेगरी सहमतिका लागि रूस बाधक नरहेको पुटिनको भनाइ छ । ‘हामी सहमतिको विपक्षमा छैनौं । तर युद्धमा संलग्न सबै राष्ट्रको दीर्घकालीन हित र सुरक्षालाई मध्येनजगर गर्दै सहमति हुनुपर्छ भन्ने पक्षमा छौं । संवादका लागि रूस तयार छ,’ पुटिनको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।

संवादका क्रममा उनले चीन र रूसबीच नयाँ विश्वका लागि वृहत रणनीतिक साझेदारी हुने बताएको ग्लोबल टाइम्समा समाचार छ ।

पुटिनले रूस युक्रेन युद्ध अन्त्यका लागि चार सिद्धान्त अघि सारेका छन् । पुटिनको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ( शीत युद्धकालीन मानसिकताको अन्त्य, सबैको सुरक्षाको प्रत्याभुति, अन्तर्राष्ट्रिय कानुनको सम्मान र राष्ट्रसंघको वडापत्रमा आधारित आपसी सम्बन्धको सुनिश्चतताको प्रत्याभुति युद्ध अन्त्यका लगि अपरिहार्य छ ।

यस भेटमा दुई मुलुकबीच वृहत रणनीतिक साझेदारी सम्बन्धि सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

चीन र भारतबीच सीमा वार्ता जारी

इरानका करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकी दबाब र धम्कीबाट सम्झौता कार्यान्वयन जटिल हुने इरानी राष्ट्रपति पेजेस्कियानको भनाइ

अमेरिकाले दुई लाखसम्म बी१/बी२ भिसा रद्द गर्ने तयारी, शरण माग्नेहरू लक्षित

इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा छोराको हत्या प्रयासको दाबी

पाकिस्तानी जेलमा रहेका आफ्ना पूर्वपति इमरानका लागि जेमिमाले गुहारिन् बेलायत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu