ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० विश्वकप : तेस्रो अभ्यास खेलमा नेपाल पराजित


एबीसी न्यूज
६ जेष्ठ २०८१, आइतबार   १ : ३६   बजे

काठमाडौं ६ जेठ । आइसिसी टी–२० विश्वकप तयारीका लागि वेस्ट इन्डिजममा रहेको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ ।

शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल विनवार्ड्ससँग ६७ रनले पराजित भयो । नेपालले यसअघिको दुई खेल भने जितेको थियो । नेपाल पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा ४९ रनले विजयी भएको थियो ।

जितका लाथि विनवार्ड्सले दिएको दुई सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १७।२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटिएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५३ रन बनाउनुभयो ।

यस्तै आसिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन बनाउनुभयो । बलिङमा विनवार्ड्सका डारेन निड र केभिम होड्जले तीन तीन विकेट लिनुभयो । निक्टस रेडहेड र डिन ब्राउनले दुई दुई विकेट झार्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विनवार्ड्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा दुई सय पाँच रन बनाएको थियो । विनवार्ड्सका लागि डिलोन डोग्लसले ५६ रन बनाउनुभयो । शादरेक डेसकार्टले ५५ रन बनाउनुभयो ।

बलिङमा नेपालका कमलसिंह ऐरीले चार विकेट लिनुभयो । सोमपाल कामीले तीन तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो । नेपाली टोली विश्वकपका लागि अव अमेरिका जानेछ ।

अमेरिकाको ह्युस्टनमा मे २२ र २३ तारिख अभ्यास खेल खेलेपछि नेपालले आइसिसीले उपलब्ध गराएको दुई वटा अभ्यास खेल खेल्नेछ । जसअनुसार नेपालले डालासमा क्यानडासँग मे २७ र अमेरिकासँग मे ३० तारिख खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group