ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैँसेपाटी आगजनीपछि घरबाट सुन लगेका जुत्ता सिलाउने व्यक्ति पक्राउ


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ३ : ५५   बजे

काठमाडौं । रौतहटको बृन्दावन नगरपालिका–७ सखुवाका ३१ वर्षीय विजय महरा चमार ‘विजय राम’ जेनजी आन्दोलनका क्रममा पूर्वगभर्नर महाप्रसाद अधिकारीको भैँसेपाटीस्थित घरबाट सुनका गहना लगेको आरोपमा पक्राउ परेका छन्।

ललितपुरको भैँसेपाटी क्षेत्रमा लामो समयदेखि जुत्ता सिलाउने काम गर्दै आएका विजय गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा अधिकारीको घरमा तोडफोड तथा आगजनी हुँदा त्यहाँ पुगेका थिए।

प्रहरीका अनुसार प्रदर्शनकारीले घरभित्रका सामान सडकमा फालिरहेका बेला विजय पनि भीडमा मिसिएका थिए। त्यस क्रममा उनले घरबाट फालिएका सुनका गहना टिपेर आफ्नो डेरामा लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

एक वर्षपछि आफैँ पुगे प्रहरीको सम्पर्कमा

विजयले करिब एक वर्षसम्म उक्त सुन आफ्नो डेरामा राखेको बताइएको छ। गएको साउन २० गते उनले आफूले लगेको सुन फिर्ता गर्न अधिकारीको घरमा पुगेपछि घटना बाहिर आएको हो।

अधिकारी परिवारले विजय सुनसहित घरमा आएको जानकारी प्रहरीलाई गराएपछि उनलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि प्रहरीले उनको डेरामा छापा मार्दा थप सुनका गहना फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार उनले फिर्ता गर्न ल्याएको सुन र डेराबाट बरामद भएका गहनाको कुल मूल्य करिब १० लाख रुपैयाँ बराबर छ।

डेराबाट थप गहना बरामद

ललितपुर प्रहरीले विजयको डेराबाट चाँदीजस्तो देखिने पाउजु, गणेशको मूर्ति, सिक्का, दुईवटा सुनका औँठी, एक मुन्द्रा तथा सातवटा झुम्कासहितका सामग्री बरामद गरेको जनाएको छ।

प्रहरी बयानमा विजयले पक्राउ पर्ने डरका कारण लामो समय राखेको सुन फिर्ता गर्न अधिकारीको घर पुगेको बताएका छन्। उनले सुरुमा एक जोर झुम्का मात्र फिर्ता गर्न गएको बताएका छन्।

चोरी मुद्दा

जिल्ला प्रहरी परिसर ललितपुरले विजयमाथि चोरी मुद्दामा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना माग गर्दै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सरकारी वकिल कार्यालयले साउन २८ गते अदालतमा मुद्दा दर्ता गरेको हो।

अदालतले विजयलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

विजयको डेराबाट बरामद भएका सुनका गहना अधिकारी परिवारलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा अधिकारीको भैँसेपाटीस्थित घरमा तोडफोड तथा आगजनी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Landslides and Flooding Halt Traffic on Multiple Nepal Road Sections

Karnali Province Launches Fruit Farming Initiative Across Multiple Districts

Pakistan’s Army Chief Seeks to Revive Iran Peace Talks Amid Military Shift

Trump Vows to Punish Schools Promoting Gender Transition Policies

Lula Seeks Direct Trump Channel to Counter US Criticism

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu