काठमाडौं ६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा बोलेका छन्।
आफूमाथि लागेका आरोपबारे गृहमन्त्री लामिछानेले आइतबार अपराह्नको प्रतिनिधि सभा बैठकमा बोलेका हुन्।
गृहमन्त्री लामिछाने बोलेर सकेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेका थिए। बोल्न पाउनुपर्ने उनीहरूको माग थियो।
तर सभामुख घिमिरेले आज शुन्य समयको कार्यक्रम नरहेको जानकारी गराए।
सभामुख घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्ने भएका छन्। संघीय संसद भवनको ल्होत्से हलमा थापाले आइतबार बेलुकी पत्रकार सम्मेलन राखेका हुन्।
प्रतिक्रिया दिनुहोस्