काठमाडौं ६ जेठ । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले सदनमा उठाएका प्रश्नको जवाफ दिने क्रममा कांग्रेस महामन्त्रीलाई लक्षित गर्दै विदेशी एजेन्ट भएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कांग्रेसले पार्टी बैठक बोलेर सांसदलाई (आफू)लाई बोल्न दिनेरनदिने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्।
उनले गोर्खा मिडियामा आफूले प्रवेश गर्दा स्वीट शेयर मात्र लिएको र जाँदा छोडेर गएको स्पष्ट पारे। उनले आफ्नो नाम मुछिएका सहकारीमा आफू सहकारीको सदस्य नभएको र ऋणसमेत नलिएको उल्लेख गरे।
लामिछानेले यो देश अब तपाईंहरुको गनगनले मात्रै नचल्ने दाबी गरे। उनले अप्रमाणित हल्लाको पछाडि कांग्रेस लागेको होइन।
‘देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई एजेन्ट संसदबाट हटाऔं। त्यो देशको मन्त्री होस् वा पार्टीको महामन्त्री होस्।’ उनले भने, संसदलाई लड्ने र भिड्ने थलो नबनाऔं।’
प्रतिक्रिया दिनुहोस्