जनकपुर ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता विवरण जुधेको भन्ने अयिभोगमा थुनछेकको बहसपछि धनुषा जिल्ला अदालतले ३ दिनका लागि थुनामा राख्ने अनुमति दिएको छ ।
जिल्ला प्रहरीका तर्फबाट सरकारी वकिलले ५ दिन थुनामा राख्ने माग गरेकोमा हिजोबाट लागू हुने गरी विहीबारसम्मका लागि मात्र थुनामा राख्न अनुमति दिएको हो ।
धनुषा जिल्ला अदालतका न्यायधिश चुरामन खड्काको इजालाशमा बहस भएको थियो । धनुषा जिल्ला अदालतको नागरिकताको रेकर्डसंग भिडाउँदा कुनै पनि कागजपत्रमा कैफियत नभएको केवल अर्को एकजना व्यक्तिको नागरिकता नम्वरसंग सिरोहियको नम्वर मिलेको देखिएको प्रमाण इजलाशमा पेश भएको थियो । तर नम्वर जुधेका भनिएका अर्का व्यक्ति गत वर्ष मात्र प्रलिपि लिएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्