ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहदानी विभागले भन्यो : जीबी राईको राहदानी रद्द गर्न मिल्दैन


एबीसी न्यूज
११ जेष्ठ २०८१, शुक्रबार   ४ : ३८   बजे

काठमाडौं ११ जेठ । सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी गितेन्द्रबाबु० राईको राहदानी रद्द नहुने भएको छ ।

सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय, कास्कीले ३० वैशाखमा राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो ।

तर जीबीको राहदानी रद्द गर्न नमिल्ने देखिएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक रमेशकुमार चर्मकारले बताए । ‘हामीले कानुन शाखाको सहयोगमा अध्ययन गरेका थियौं’ उनले भने, ‘राहदानी ऐन २०७६ र नियमावली २०७७ अनुसार अहिलकै अवस्थामा उहाँका राहदानी रद्द गर्न मिल्दैन ।’

अदालतबाट लेखिआएको अवस्थामा बाहेक राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष छ ।

जीबीको राहदानी रद्द गर्न नमिल्ने औपचारिक जानकारी कास्की प्रहरीलाई समेत पठाउने तयारी विभागले गरेको छ । ‘राहदानी रद्द गर्न नमिल्नुको कारणसहित हामी प्रहरीलाई औपचारिक जानकारी गराउँदैछौं’ निर्देशक चर्मकारले भने ।

नेपालाको राहदानी ऐन २०७६ मा राहदानी रोक्का राख्ने र रद्द गर्ने दुवै व्यवस्था छ ।

ऐनअनुसार अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, आतंकवाद लगायतका केही आरोप लागेका व्यक्तिको हकमा अनुसन्धान अधिकारीले राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गर्नसक्ने व्यवस्था छ । त्यसबाहेक अदालतले पनि कुनै मुद्दा परेमा राहदानी रोक्का राख्न आदेश दिनसक्छ । कुनै जायज कारण देखिए सरकारले पनि राहदानी रोक्का राख्न सक्ने ऐनमा व्यवस्था छ ।

तर सहकारी ठगी सम्बन्धी मुद्दामा राहदानी रोक्का गर्ने व्यवस्था ऐनमा नभएकाले प्रहरीले रद्द गर्न सिफारिस गरेको थियो । तर राहदानी ऐनमा कुनै पनि कसुर र अपराध गरेका कारण नेपाली नागरिकको राहदानी रद्द हुने परिकल्पना छैन ।

राहदानी हराएमा, अदालतको आदेशबाट वा सम्बन्धित व्यक्ति नेपाली नागरिक नभएमा विभागले राहदानी रद्द गर्नसक्ने कानुनी व्यवस्था छ । झुठा विवरण पेस गरेको वा गैरनेपाली नागरिकले लिएको पुष्टि भएमा पनि राहदानी रद्द हुनसक्छ ।

जीबी राईमाथि लागेको कसुर र राहदानी रद्दसम्बन्धी कानुनी प्रावधान अध्ययन गर्दा उनको राहदानी रद्द गर्न नमिल्ने देखिएको राहदानी विभागले जनाएको छ ।

राहदानी विभागमा आउनुअघि कास्की प्रहरीले जीबीको राहदानी रद्दको माग राख्दै जिल्ला अदालत, कास्कीमा रिट दायर गरेको थियो । तर न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राहदानी रद्द गर्न नमिल्ने आदेश सुनाएको थियो ।

त्यसपछि कास्कीका एसपी मोहन थापाले राहदानी रद्दका लागि विभागमा पत्र पठाएका थिए ।

सूर्यदर्शन सहकारी ठग प्रकरणमा मुद्दा चलेका जीबीसहित १४ जना अझै फरार छन् ।

जीबी र उनको समूहले सूर्यदर्शन सहकारीका रकम अपचलन गरेको भन्दै बचतकर्ताले साउन २०८० मा प्रहरीमा जाहेरी दिएका थिए । पोखरा महानगरपालिकाले गरेको छानबिनले १ अर्ब ३५ करोडभन्दा बढी हिनामिना भएको देखाएको छ ।

त्यही प्रतिवेदनका आधारमा सहकारी सञ्चालकसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेलसहित ५ जना पक्राउ परेका छन् । तर जीबी राईसहित १४ जना फरार छन् ।

जीबीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले १३ माघमा डिफ्युजन नोटिस जारी गरेको छ । डिफ्युजन नोटिस मात्रै जारी हुँदा जीबीलाई नेपाल ल्याउने प्रक्रिया लामो हुने भन्दै नेपाल प्रहरीले रेड नोटिसका लागि पत्राचार गर्‍यो । २१ फागुनमा इन्टरपोलले जीबीविरुद्ध रेड नोटिस समेत जारी गरेको छ ।

तर अहिलेसम्म उनी पक्राउ परेका छैनन् । फागुन दोस्रो साता कूटनीतिक पहल पनि भएको थियो । २१ फागुनमा सत्ता गठबन्धन परिर्वतन भएसँगै गृह मन्त्रालयको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले गरेका छन् । जीबी समूहले सञ्चालन गरेको सहकारीको रकम अपचालनमा लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति माग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group